९ पुस २०८२, बुधबार | December 24, 2025

दुर्गन्ध नियन्त्रण गर्न अष्ट्रिज प्रालि सन्चालक तथा स्थानीय बीच सहमति



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा १७ मा रहेको अष्ट्रिज प्रालि भित्र सन्चालित उद्योगले दुर्गन्ध फैलाएको भन्दै विरोधमा उत्रिएका स्थानीय र उद्योग सन्चालक बीच सहमति भएको छ ।

अष्ट्रिज प्रालि भित्र च्याउ उत्पादन गर्ने क्रममा प्रयोग हुने विभिन्न बस्तु आदि कुहाईने तथा कम्पोष्ट बनाइने गरेको तथा त्यसबाट निस्कने गन्धका कारण सिंगो गाउँ नै प्रभावित बनेको भन्दै स्थानीय विरोधमा उत्रिएका थिए । बुधबार तिलोत्तमा १७ मुडियारीका स्थानीय, उद्योग सन्चालक तथा तिलोत्तमा नगरपालिकाका प्रमुख, उपप्रमुख सम्मिलित बार्ता मार्फत विभिन्न बुदामा सहमति भएको छ ।

सहमतिमा अबको १ बर्षभित्रमा दुर्गन्ध फैलाएको भनिएको चिजबिज तथा बस्तु र कच्चा पदार्थलाई अन्यत्र स्थान्तरण गर्ने, च्याउबाट निस्कने कालो पानीलाई सार्वजनिक कुलो वा नालामा नफाली उचित ब्यवस्थापन गर्ने, उद्योग विचोविच कायम रहेको नक्सामा रहेको पानीको निकाश दिने नालालाई पुनः कायम गर्ने, तथा अष्ट्रिज प्रालिले १० बर्ष अघि लिजमा लिएको बाल कल्याण आधारभुत विद्यालयको जग्गा तत्काल अब विद्यालयले नै भोगचलन गर्ने गराउने लगायतका सहमति भएको स्थानीय ओमनाथ पाण्डेले जानकारी दिए ।

उद्योग सन्चालक सीपी शर्माले स्थानीयको माग बमोजिम नै उद्योगलाई अब अन्यत्र स्थान्तरण गर्ने गरि तयारी भैरहेको जानकारी दिए । उनले च्याउ बनाउने क्रममा उत्पन्न हुने गन्ध नियन्त्रण गर्न गाह्रो हुने भएकाले उद्योग नै स्थान्तरण गर्नुको विकल्प नरहेको औल्याए । सन्चालक शर्माले अबको १ बर्षभित्रमा बुधबारको सहमति अनुसार नै कार्य गरिने प्रतित्रद्धता जनाएका हुन ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ५ : ३५ बजे

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका