१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

स्रोत नखुलेको रकमसहित चारजना पक्राउ



नेपालगन्ज ।  राप्तिसोनारी गाउँपालिका-८ शम्सेरगंजबाट स्रोत नखुलेको नगद ५ लाख ९० हजार नेपाली रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-७ बस्ने २० वर्षीय तेज नारायण थारू र सोही नगरपालिका-८ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी शम्सेरगंजबाट खटिएको प्रहरीले भे।९ प ५८४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

उता कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट स्रोत नखुलेको नगद १ लाख ४१ हजार भारतीय रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सोही उपमहानगरपालिका-४ बसपार्क बस्ने ३५ वर्षीय पवन गुप्ता र ३२ वर्षीय अकिंत गुप्ता रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले सु.प.प्र ०१००८ प १६६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ५ : ४५ बजे

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत