२२ माघ २०८२, बिहिबार | February 6, 2026

९ लाख चोरी गरेर भागेको १२ घण्टा नपुग्दै चोरहरु पक्राउ



नेपालगन्ज । नेपालगञ्जमा एक घरबाट नौ लाख रुपैया चोरेर भागेका ३ जना चोरहरु चोरी गरेको १२ घण्टा नपुग्दै समातिएका छन् । मध्य दिउँसो पैसा चोरेर भागेका उनीहरुलाई रात नबित्दै प्रहरीले एक होटलबाट समातेको हो ।

नेपालगन्ज- १, कुर्मीटोलमा स्थानीय गोविन्द बर्माको घरबाट नौ लाख रुपैया चोरेर भागेका ३ जनालाई चोरी गरेकै राती पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा जुम्ला स्थायी घर भइ नेपालगन्ज- १ को जुम्ली टोलमा अस्थायी बसोबास गर्दै आएका दीपक बस्याल, प्रकाश खड्का र केसे सार्की रहेका छन् । उनीहरुलाई राँझास्थित एक होटलबाट पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । होटलबाट समातिएका उनीहरुको साथबाट प्रहरीले सात लाख ८३ हजार ३ सय ७० रुपैया बरामद गरेको छ । पक्राउ परेकाहरुबाट चार सय मिलिग्राम ब्राउनसुगरसमेत बरामद भएको डीएसपी डाँगीले बताए ।

बैंकबाट काम विशेषले नगद निकालेर घर पुगेका बर्माको पक्राउ परेका ३ जनाले बैंकबाटै पिछा गर्दै आएको र घरमा राखेर छिमेकमा निस्के लगत्तै उनीहरुले रकम चोरी गरेको प्रहरीको भनाई छ ।

 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ९ : १४ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद