१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

मधेश झरे राप्रपा नेताहरू



काठमाडौं । सरकारसमक्ष राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह र जनजीविकासँग सम्बन्धित विभिन्न ४० बॅुदे मागपत्र पेश गरेर आन्दोलनमा होमिएको राप्रपाले चैत २७ गते काठमाण्डौं केन्द्रीत जनप्रदर्शन गर्दै छ।

आफ्ना मागहरुबारे जनतालाई जागरुक तुल्याउन र जनमत सिर्जना गर्न राप्रपाका नेताहरु पाँचदिने तराई मधेस यात्रामा निस्कदै छन्। चैत ५ गतेदेखि ८ गतेसम्म तराई मधेसका आठ जिल्लामा राप्रपाको आमसभा र कार्यकर्ता भेलाको आयोजना गरिएको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा हुने तराई मधेशस्तरीय विभिन्न कार्यक्रममा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा।धवलशमसेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, मधेस प्रदेशका अध्यक्ष भरत गिरी, प्रतिनिधिसभा सदस्य बिना जयसवाल, नेतृ खुस्बु ओली र पार्टी सम्बद्ध युवा, विद्यार्थी, महिला संगठनका अध्यक्षहरु रहनेछन् ।

चैत ५ गते जनकपुरको जानकी मन्दिरमा पूजाआजा गरी मधेस प्रदेश यात्रा प्रारम्भ गर्ने राप्रपाका नेताहरू सोही दिन धनुषामा अगुवा कार्यकर्ता भेला र सर्लाहीको बरहथवामा हुने आमसभामा सहभागी हुनेछन्।

राप्रपाले चैत ६ गते रौतहटको गौरमा कार्यकर्ता भेला र वीरगञ्जमा आमसभा गर्नेछ भने साँझ उद्योग वाणिज्य संघको सभाकक्षमा वीरगञ्जका उद्योगी व्यवसायीसँग छलफल र अन्तर्क्रिया गर्नेछ।

चैत ७ गते बाराको निजगढमा आमसभा र बर्दिबासमा महोत्तरीको अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यसैगरी चैत ८ गते सिराहाको लहानमा कार्यकर्ता भेला गरेर सप्तरीको बोधेबसान नगरपालिकामा आमसभा गर्ने तालिका रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  २ : ४७ बजे

नेपालगन्ज विमानस्थलबाट राँझा चोकसम्म नि:शुल्क बससेवा

नेपालगन्ज । हवाई यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले नेपालगन्ज

उपचारका क्रममा विरामीको मृत्यु भएपछि भेरी अस्पतालमा तनाव, ओपिडी सेवा बन्द

नेपालगन्ज । उपचारका क्रममा मृत्यु भएकी एकजना मृतकका अफन्तहरुले अस्पतालका

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे