१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

आजको मौसम : स्थानीय वायुको आंशिक प्रभाव रहने



काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ७ : ०९ बजे

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ

एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति