२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

ग्रामीण भेगका महिलामा पाठेघरको समस्या अधिक



महोत्तरी । महोत्तरीको ग्रामीण भेगका धेरै महिला पाठेघारको समस्याबाट पीडित भएका पाइएको छ । उनीहरूको स्वास्थ्य परीक्षण गर्दा पाठेघरको समस्या अत्यासलाग्दो पाइएको हो । लायन्स क्लब अफ बर्दिबास समाजले बर्दिबासमा आयोजना गरेको दुईदिने महिलाका लागि प्रजनन स्वास्थ्य शिविरबाट यो पुष्टि भएको हो ।

समाजले सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा आइतबार र सोमबार सञ्चालन गरेको शिविरमा परीक्षण गरिएका आठ सय ५९ मध्ये दुई सय दुईजनाको पाठेघरमा गम्भीर समस्या पाइएको छ । शिविरमा परीक्षण गरिएकामध्ये ३३ जनामा क्यान्सर र ४२ जनामा आङ खस्ने समस्या पाइएको शिविरको प्राविधिक टोलीका वरिष्ठ निरीक्षक हरिहर उप्रेतीले जानकारी दिए ।

शिविरमा तीन सय ५० जनाको दोस्रो चरणको सूक्ष्म जाँच गरिएको जनाइएको छ । क्यान्सरको सङ्क्रमण भएमध्ये १९ जना २२ देखि ४० वर्ष उमेरसमूहका छन् । शिविरमा आङ खस्ने समस्याको प्रथम र दोस्रो चरणका १६ जनालाई ‘रिङ’ लगाइएको समाजका अध्यक्ष उमेश महतोले बताए । क्यान्सर लागेकामध्ये आठ जना, आङ खस्ने समस्याको तेस्रो चरणका २६ जनालाई शल्यक्रिया गरिनुपर्ने चिकित्सकले सुझाएका छन् । यिनीहरूको शल्यक्रिया काठमाडौंका अस्पतालमा निःशुल्क गराइने शिविरको प्राविधिक सहयोगी संस्था सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरले जनाएको छ ।

शिविरमा क्यान्सर सङ्क्रमण पुष्टि भएका ३३ मध्ये २५ लाई यहीँ नै प्रारम्भिक उपचार थालिएको छ । प्रारम्भिक चरणको सङ्क्रमण पाइएकाहरूको औषधीय उपचार गरिएको र यिनीहरूले पाँचौँ महिनामा पुनः परीक्षण गर्नुपर्ने छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ९ : ०९ बजे

खेल पर्यटन प्रवर्धन गर्न सोलुखुम्बुमा अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता

काठमाडौं । खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि

कोशीमा हिम्मत कार्की मुख्यमन्त्रीमा दाबी पेश गर्दै, केदार कार्की सर्वोच्च जाँदै

काठमाडौं । कोशीका प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेसँगै

गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको

समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने

काठमाडौं । आगामी आर्थिक वर्षका लागि समपूरक र विशेष अनुदानका

अठार वर्षपछि सडक कालोपत्र

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८