१५ बैशाख २०८१, शनिबार | April 27, 2024

फागु पूर्णिमामा कुन रंग कस्लाइ लगाउने ? जान्नुहोस



काठमाडौं । नेपाललाइ चाडपर्वको देश भनिन्छ । फागु पूर्णिमा रंगहरुको पर्व हो, जसलाइ बोलिचालीको भाषामा होली पनि भनिन्छ । बसन्तपुरमा चीर गाडेर लिंगो ठडाए पछि फागु पूर्णिमा सुरू भएको मानिन्छ, जो बसन्तपुर काठमाडौंमा ठडाइ सकिएको छ ।

यसलाई खराबमाथि राम्रोको विजयको रूपमा मनाइन्छ । मानिसहरु यो पर्वको निकै उत्सुकताका साथ प्रतीक्षा गर्छन् । मानिसहरूले आफ्ना विगतका सबै गल्ती बिर्सेर एकअर्कासँग प्रेमका साथ होली खेल्छन् ।

तिनीहरूले एकअर्कामा रंगहरू धसेर रमाइलो गर्छन । धनी, गरिबी, उच्च वा नीच जस्तोसुकै भए पनि मानिसहरु यो दिन मिलेर होली खेल्छन् । हिन्दु धर्ममा पनि होलीको ठूलो महत्व रहेको छ । होलीको दिनमा प्रयोग हुने रङको पनि विशेष महत्व हुन्छ । आउनुहोस् होलीका रङहरूको महत्त्व के छ ? थाहा पाउनुहोस् । खासमा आज हामी  कुन रंग कसलाई लगाउनु पर्छ ? भनेर जानकारी दिनेछौं ।

बालबालिकालाई रातो रङ :

होलीमा सबैभन्दा बढी प्रयोग हुने रंग रातो हो । रातो रङको धेरै अर्थ हुन्छ । यो महत्वाकांक्षा, उत्साह, क्रोध, उत्साह, बहादुरी र साहस को प्रतीक हो। रातो रङ प्रेमीले पनि निकै मन पराउँछन् । रातो रंगको गुलाल होलीमा ऊर्जा प्रदान गर्दछ । होली पर्व धार्मिक दृष्टिले पनि निकै महत्वपूर्ण छ । धार्मिक कार्यमा पनि रातो रङको धेरै प्रयोग हुन्छ । होलीमा युवा र बालबालिकालाई रातो रंग लगाउन सकिन्छ ।

महिलाहरुलाइ पहेंलो रंग :

पहेँलो रंगलाई खुशी र सम्मानको प्रतीक मानिन्छ । यो रंग होलीमा धेरै प्रयोग गरिन्छ । पहेँलो रंग लगाएपछि अनुहारमा पनि राम्रो देखिन्छ । त्यसैले दिदीबहिनी वा घरका अन्य महिलालाई पहेँलो रंग लगाउन सकिन्छ ।

अग्रजलाइ हरियो रंग :

हरियो रंगलाई शीतलता, आराम, ताजगी र सकारात्मकताको प्रतीक मानिन्छ । हरियो रङ प्रकृतिसँग पनि जोडिएको हुन्छ । यो रंगले शारीरिक र मानसिक तनाव पनि कम गर्छ । हरियो रंगलाई भाग्यशाली र समृद्धि दिने पनि मानिन्छ । होलीको पर्वमा ठूला दाजुभाइ, आफन्त र आफूभन्दा ठूला जो कोहीलाई पनि हरियो रङ लगाउन सकिन्छ ।

साथीभाइलाइ सुन्तला रङ :

सुन्तला रंगलाई सुख र सद्भावको प्रतीक मानिन्छ । होलीको दिन धेरैले एकअर्कालाई सुन्तला रंगको लगाउँछन् । तपाईं पनि आफ्नो नजिकका साथी र परिवारका सदस्यहरूलाई सुन्तला रंग लगाउन सक्नुहुन्छ, यसले सम्बन्धमा सद्भाव र खुशी बढाउँछ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ८ : ०१ बजे

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित- कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगन्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण

 ‘अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ’  :  शिक्षाध्यक्ष प्राडा केसी

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा