२७ माघ २०८२, मंगलबार | February 10, 2026

फागु पूर्णिमामा कुन रंग कस्लाइ लगाउने ? जान्नुहोस



काठमाडौं । नेपाललाइ चाडपर्वको देश भनिन्छ । फागु पूर्णिमा रंगहरुको पर्व हो, जसलाइ बोलिचालीको भाषामा होली पनि भनिन्छ । बसन्तपुरमा चीर गाडेर लिंगो ठडाए पछि फागु पूर्णिमा सुरू भएको मानिन्छ, जो बसन्तपुर काठमाडौंमा ठडाइ सकिएको छ ।

यसलाई खराबमाथि राम्रोको विजयको रूपमा मनाइन्छ । मानिसहरु यो पर्वको निकै उत्सुकताका साथ प्रतीक्षा गर्छन् । मानिसहरूले आफ्ना विगतका सबै गल्ती बिर्सेर एकअर्कासँग प्रेमका साथ होली खेल्छन् ।

तिनीहरूले एकअर्कामा रंगहरू धसेर रमाइलो गर्छन । धनी, गरिबी, उच्च वा नीच जस्तोसुकै भए पनि मानिसहरु यो दिन मिलेर होली खेल्छन् । हिन्दु धर्ममा पनि होलीको ठूलो महत्व रहेको छ । होलीको दिनमा प्रयोग हुने रङको पनि विशेष महत्व हुन्छ । आउनुहोस् होलीका रङहरूको महत्त्व के छ ? थाहा पाउनुहोस् । खासमा आज हामी  कुन रंग कसलाई लगाउनु पर्छ ? भनेर जानकारी दिनेछौं ।

बालबालिकालाई रातो रङ :

होलीमा सबैभन्दा बढी प्रयोग हुने रंग रातो हो । रातो रङको धेरै अर्थ हुन्छ । यो महत्वाकांक्षा, उत्साह, क्रोध, उत्साह, बहादुरी र साहस को प्रतीक हो। रातो रङ प्रेमीले पनि निकै मन पराउँछन् । रातो रंगको गुलाल होलीमा ऊर्जा प्रदान गर्दछ । होली पर्व धार्मिक दृष्टिले पनि निकै महत्वपूर्ण छ । धार्मिक कार्यमा पनि रातो रङको धेरै प्रयोग हुन्छ । होलीमा युवा र बालबालिकालाई रातो रंग लगाउन सकिन्छ ।

महिलाहरुलाइ पहेंलो रंग :

पहेँलो रंगलाई खुशी र सम्मानको प्रतीक मानिन्छ । यो रंग होलीमा धेरै प्रयोग गरिन्छ । पहेँलो रंग लगाएपछि अनुहारमा पनि राम्रो देखिन्छ । त्यसैले दिदीबहिनी वा घरका अन्य महिलालाई पहेँलो रंग लगाउन सकिन्छ ।

अग्रजलाइ हरियो रंग :

हरियो रंगलाई शीतलता, आराम, ताजगी र सकारात्मकताको प्रतीक मानिन्छ । हरियो रङ प्रकृतिसँग पनि जोडिएको हुन्छ । यो रंगले शारीरिक र मानसिक तनाव पनि कम गर्छ । हरियो रंगलाई भाग्यशाली र समृद्धि दिने पनि मानिन्छ । होलीको पर्वमा ठूला दाजुभाइ, आफन्त र आफूभन्दा ठूला जो कोहीलाई पनि हरियो रङ लगाउन सकिन्छ ।

साथीभाइलाइ सुन्तला रङ :

सुन्तला रंगलाई सुख र सद्भावको प्रतीक मानिन्छ । होलीको दिन धेरैले एकअर्कालाई सुन्तला रंगको लगाउँछन् । तपाईं पनि आफ्नो नजिकका साथी र परिवारका सदस्यहरूलाई सुन्तला रंग लगाउन सक्नुहुन्छ, यसले सम्बन्धमा सद्भाव र खुशी बढाउँछ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ८ : ०१ बजे

तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पाठेघरको मुखको क्यान्सर रोकथामका

निर्वाचन आउन २३ दिन बाँकी : ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट छिट्टै पठाइने छ : स्वास्थ्यमन्त्री

खजुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मेडिकल

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा