७ आश्विन २०८३, बुधबार | September 23, 2026

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ



काठमाडौं । भारतको दिल्लीमा मदिरानीतिको अध्ययन गरिरहेको प्रवर्तन निर्देशनालय (ईडी)को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । मुख्यमन्त्री केजरिवालले लागु गरेको मदिरानीतिको विषयमा सोधपुछका लागि भन्दै केजरिवाल निवास पुगेको ईडीको टोलिले उनलाई पक्राउ गरेको हो ।

केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको जम्बो टोली बिहीबार मुख्यमन्त्रीको निवासमा पुगेको थियो । सोधपुछमात्र भन्दै केजरिवाल निवास पसेको टोलिले दुई घण्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरेको बताइएको छ ।

सम्भवत भारतमा बहालवाला मुख्यमन्त्री पक्राउ परेको यो नै पहिलो घटना बनेको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । दिल्ली सरकारको एकजना मन्त्री एवं आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालको गिरफ्तारीलाई सत्तारुढ बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको प्रतिक्रिया दिएकी छन् । केजरिवालको आम आदमी पार्टीले केजरिवालले जेलबाट नै सरकार संचालन गर्ने जनाएको छ ।

दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  १० : ४१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज