२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित ‘सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट’लाई पर्यटन विभागद्वारा ‘चार तारे होटल’को मान्यता



कपिलवस्तु । सिद्धार्थ बिजनेश ग्रेप अफ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा संचालनमा रहेको ‘सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट’ले ४ तारे होटल स्तरको मान्यता पाएको छ । पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी सो रिसोर्टलाई स्तरउन्नति सहित चार तारेको प्रमाणपत्र दिएको हो ।

‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त रिसोर्टलाई पर्यटन ऐन अनुसार चार तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ,’ पर्यटन विभागले भनेको छ ।

२५ विघा क्षेत्रफलमा विस्तारित रिसोर्टमा २० डिलक्स, ६२ वटा सुपर डिलक्स, २ वटा स्विट रुम गरी ८४ वटा रुम रहेका छन् । साथै साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल रहेको यस रिसोर्टमा रहेको पोखरीमा मोटरबोट सयर गर्न पाइन्छ । सोही पोखरीमा होटलको ुफिस फार्मु समेत रहेको छ ।

त्यस क्षेत्रमा उच्च सङ्ख्यामा भारतीय पर्यटक भित्र्याउन सफल रिसोर्टले ४ तारा स्तरको मान्यता पाएसँगै सो ब्यापारमा अझ राम्रो गर्ने आशा गरिएको सिध्दार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

रिसोर्टमा ज्याकुजी, स्पा लगायत सुबिधा उपलब्ध छन् । हालसम्म ७५ जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सन्चालन पस्चात झण्डै ३८० जनालाई रोजगारी मिल्ने सिईओ न्यौपानेले दाबी गरे ।

रिसोर्टले यसअघि ४४ औं विश्व पर्यटन दिवसको अवसरमा ग्रामीण क्षेत्रमा स्थानीय उत्पादन, स्थानीय रोजगारी एवम् एग्रो टुरिजम मार्फत पर्यटन प्रवर्द्धनमा योगदान पुऱ्याए बापत राष्ट्रिय सम्मान पाइसकेको छ ।

यस्तै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा यस रिसोर्टले ठूलो भुमिका निर्वाह गर्ने रिसोर्टका अध्यक्ष लक्ष्मण भण्डारीले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ९ : ४८ बजे

कोशीमा केदार कार्कीको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको

संसदीय छानबिन समिति गठन नगरेसम्म संसद चल्दैन : गगन थापा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको

सिद्धार्थ बोर्डिङमा ‘डिके तामाङ मेमोरिएल सेभेन ए साइड फुटबल प्रतियोगिता’ सुरु

बुटवल । तिलोत्तमाको सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कूलमा शुक्रबारदेखि ‘डिके तामाङ

दिल्लीका मुख्मन्त्री केजरीवाललाई रिहा गर्न भारतको सर्वोच्च अदालतको आदेश

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले शुक्रबार कारागारमा रहेका प्रधानमन्त्री

प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध, रोष्टममै पुगेर नाराबाजी

काठमाडौं । वर्षे अधिवेशनको पहिलो दिनमै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले