२४ मंसिर २०८२, बुधबार | December 11, 2025

२२ वर्षीय श्रीमानद्वारा २१ वर्षीया श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या



कोहलपुर । बाँकेको कोहलपुरमा आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरि श्रीमानले हत्या गरेका छन् । बाँके कोहलपुर १४ बस्दै आएका २२ वर्षिय अनिल बिकले आफ्नै २१ वर्षिया श्रीमती सुशिला सुनारमाथि धारिलो हतियार प्रहार गरि हत्या गरको प्रहरीले जनाएको छ ।

बर्दियाको बाँसगढी घर भएका अनिल दम्पत्ति बाँकेको कोहलपुर १४ पावर्तीपुरमा बस्दै आएकोमा सोमबार राती आपसी झगडामा अनिलले श्रीमती सुशिलामाथि धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको कोहलपुर प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले बताए । गम्भीर घाइते भएकी सुशिलालाई नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।

अनिल दम्पत्तिले पावर्तीपुर स्थित बागेश्वरी हिम पाइप उद्योगमा काम गर्दै आएका थिए । उद्योगको कामदार आवास क्षेत्रको कोठामा नै धारीलो हतियार प्रहार भएको प्रहरी निरीक्षक भट्टराईले बताए । श्रीमतीको हत्या अभियोगमा अनिललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १० : ०६ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल