२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

विराटनगर भन्सारका तत्कालीन प्रमुख सापकोटा र अधिकृत शर्मासहित चार जनाविरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले विराटनगर भन्सार कार्यालयमा जाँचपासको लागि देव इन्टरनेशनल प्रालिले ल्याएको समानको जाँचपास गर्नेक्रममा न्यून बिजकीकरण गरी ८४ लाख ५५ हजार ६०५ रुपैयाँ नोक्सानी पुर्याएको भन्दै मुद्दा दायर गरेको जनाएको छ  ।

अख्तियारले सापकोटा र शर्मालाई ८४ लाख ५५ हजार ६०५ रुपैयाँ विगो कायम गरी कैद र चुहावट भएको राजस्वको रकमको दोब्बर जरिवाना हुने सजायलाई आधार मानी सजाय माग दाबी गरेको छ ।

त्यस्तै देव इन्टरनेशनल प्रालिका सञ्चालक शेरबहादुर बस्नेत र शरणकुमार खरेलले गरेको कार्य मुख्य प्रतिवादी सापकोटा र शर्माले गरेको कसुरबमोजिमको उद्योगको कसुरको मतियार भएर कसुर अपराध गरेको भन्दै ८४ लाख ५५ हजार ६०५ रुपैयाँ नै विगो कायम गरेर कैद सजायको माग अख्तियारले गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ५ : १५ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माणको काम तिब्र : स्थलगत निरीक्षणमा पुगे पूर्व मुख्यमन्त्री

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माणाधिन नयाँ भवनको प्रगति बारे

रवि लामिछानेलाई बोल्न नदिने कांग्रेसको अडान, संसद बैठक शुरु हुन सकेन

काठमाडौं । प्रतिनिधिसभाको बैठक समयमा शुरु हुन ढिलाई भएको छ

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले रवि

पार्टी फुटले सरकारलाई कुनै असर गर्दैन : उपप्रधानमन्त्री  यादव

भक्तपुर । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता