९ श्रावण २०८३, शनिबार | July 25, 2026

अमेरिकाको बाल्टिमोरमा रहेको तीन किलोमिटर लामो पुलमा पानीजहाज ठोक्कियो



बाल्टिमोर । अमेरिकाको बाल्टिमोरमा पानीजहाजको ठक्करबाट एउटा पुल भत्किएको छ । स्थानीय समय अनुसार मध्यराती १ः३० बजेको समयमा कन्टेनर बोक्ने पानीजहाज फ्रांसिस स्कट की ब्रिजमा ठोक्किएको हो । अधिकारीहरूले धेरै सवारी साधन र कम्तीमा सात जना मानिस पानीमा खसेको प्रारम्भीक अनुमान गरेका छन् । पोटास्को नदीमा बनेको यो पुल तीन किलोमिटर लामो रहेको बताइएको छ ।

अहिलेसम्म कसैको मृत्यु भएको आधिकारिक पुष्टि नभएपनि बाल्टिमोर फायर डिपार्टमेन्टका प्रवक्ताले बाल्टिमोर पुल दुर्घटनामा ुकेही व्यक्तिको मृत्यु भएको हुनसक्नेु अनुमान गरेका छन्। बाल्टिमोर काउन्टीका कार्यकारी जोनी ओल्सजेस्कीले पानीजहाजको ठक्करबाट फ्रान्सिस स्कट ब्रिज भत्केको स्वीकार गर्दै उद्धार कार्य जारी रहेको बताए ।

ठक्कर दिने जहाज ३ सय मिटर लामो रहेको र कन्टेनर बोकेर श्रीलङ्का जाँदै गरेको स्थानीय सञ्चार माध्यमले लेखेका छन् । जहाजमा सिंगापुरको झण्डा राखिएको थियो ।

बीबीसीका अनुसार बाल्टीमोर सिटी फायर डिपार्टमेंटले २० जना मानीस र केही सवारी साधन नदीमा खसेको जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ५ : ३६ बजे

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को