८ पुस २०८२, मंगलबार | December 23, 2025

अमेरिकाको बाल्टिमोरमा रहेको तीन किलोमिटर लामो पुलमा पानीजहाज ठोक्कियो



बाल्टिमोर । अमेरिकाको बाल्टिमोरमा पानीजहाजको ठक्करबाट एउटा पुल भत्किएको छ । स्थानीय समय अनुसार मध्यराती १ः३० बजेको समयमा कन्टेनर बोक्ने पानीजहाज फ्रांसिस स्कट की ब्रिजमा ठोक्किएको हो । अधिकारीहरूले धेरै सवारी साधन र कम्तीमा सात जना मानिस पानीमा खसेको प्रारम्भीक अनुमान गरेका छन् । पोटास्को नदीमा बनेको यो पुल तीन किलोमिटर लामो रहेको बताइएको छ ।

अहिलेसम्म कसैको मृत्यु भएको आधिकारिक पुष्टि नभएपनि बाल्टिमोर फायर डिपार्टमेन्टका प्रवक्ताले बाल्टिमोर पुल दुर्घटनामा ुकेही व्यक्तिको मृत्यु भएको हुनसक्नेु अनुमान गरेका छन्। बाल्टिमोर काउन्टीका कार्यकारी जोनी ओल्सजेस्कीले पानीजहाजको ठक्करबाट फ्रान्सिस स्कट ब्रिज भत्केको स्वीकार गर्दै उद्धार कार्य जारी रहेको बताए ।

ठक्कर दिने जहाज ३ सय मिटर लामो रहेको र कन्टेनर बोकेर श्रीलङ्का जाँदै गरेको स्थानीय सञ्चार माध्यमले लेखेका छन् । जहाजमा सिंगापुरको झण्डा राखिएको थियो ।

बीबीसीका अनुसार बाल्टीमोर सिटी फायर डिपार्टमेंटले २० जना मानीस र केही सवारी साधन नदीमा खसेको जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ५ : ३६ बजे

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक

पाँच महिनामा वीरगन्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगन्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त