३ आश्विन २०८३, शनिबार | September 19, 2026

रात्रिकालीन व्यवसायमा सुरक्षा चुनौती आए बन्द गरिन्छ : गृहमन्त्री लामिछाने



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेल लगायतका पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षामा चुनौती आए फेरी बन्द गर्न सकिने बताएका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र थप चलायमान गर्ने लक्ष्यका साथ ठमेल, दरबारमार्गलगायतका स्थानमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने सरकारको तयारी रहेको बताए । रात्रिकालीन व्यवसायमार्फत पर्यटकले थप सेवा सुविधा पाउने, रोजगार बढ्ने, सहर चलायमान बन्ने अपेक्षाका साथ रात्रिकालीन व्यवसायमा जोड दिइएको उनले उल्लेख गरे ।

“हामीले आगामी वैशाखदेखि नै रात्रिकालीन व्यवसाय सञ्चालन गरेर पर्यटकीय सहरहरुलाई थप चलायमान बनाउने लक्ष्यका साथ सरोकारवाला निकायबीच छलफल र परामर्श गरिरहेका छौँ,” उपप्रधानमन्त्री लामिछानेले भने– “रातिको समयमा बजार खुलाउँदा सुरक्षा नहोला की भन्ने जिज्ञासा पनि आएको छ, यदी यसरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा कुनै सुरक्षा चुनौती आएको खण्डमा फेरी बन्द गर्न सकिन्छ ।”

बैठकमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा सामाजिक विकृती आउन सक्ने सम्भावना रहेको समितिका सदस्यहरुले जिज्ञासा राखेका थिए । समितिका सदस्य कृष्णगोपाल श्रेष्ठले रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा ध्वनी प्रदूषण हुने, सुरक्षामा चुनौती थपिने, विकृती बढ्न सक्ने भन्दै उक्त विषयमा सचेत रहन आग्रह गरेका थिए । रात्रिकालीन व्यवसाय सञ्चालनबाट हुने फाइदा मात्रै नभएर यसका बेफाइदाबारे गम्भिर भएर सोच्नुपर्ने उनको भनाइ थियो ।

“रात्रिकालीन व्यवसाय सञ्चालन हुनु भनेको डान्सबार मात्रै सञ्चालन गर्ने, सङ्गित मात्रै बज्ने र विकृती नै हुन्छ भन्ने होइन,” समितिका सदस्य श्रेष्ठको प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री लामिछानेले भने, “राति नेपाल भित्रिने आन्तरिक तथा बाह्य पर्यटकहरुले खाना कहाँ खाने ? कहाँ बस्ने?, रात्रिकालीन व्यवसाय सञ्चालन भयो भने यी सेवाबाट उहाँहरु बिमुख त हुनुपर्दैन ।”

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ४ : ३७ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब