२१ मंसिर २०८२, आइतबार | December 8, 2025

इक्यान रुपन्देहीद्वारा युके अध्ययनका लागि शैक्षिक परामर्श सम्बन्धी तालिम सम्पन्न



बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले आफ्नो सस्थामा आवद्ध रहेका ३६ वटा शैक्षिक परामर्श व्यवसायीलाइ बुधवार बुटवलमा १ दिने अभिमुखिकरण तालिम दिएको छ ।

सञ्चालक तथा शैक्षिक परामर्शदातालाई युके अध्ययन गर्न पठाउने विद्यार्थीहरुको भाषा परिक्षा, डकुमेन्टेसन र प्रोसेसिङ प्रक्रिया लगायतमा क्षमता अभिबुद्धि गराउने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको इक्यान रुपन्देही सदस्य एवम् कार्यक्रम संयोजक अर्जुन पौडेलले बताए ।

अभिमुखिकरणमा इक्यान केन्द्रका सहकोषाध्यक्ष तथा तालिम संयोजक बिकल्पराज पोख्रेल, युके विभाग प्रमुख साधना बुडासैनी, बि.पि.पि. युनिर्भसिटीका प्रतिनिधी डा. दिपक खड्का लगायतले प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रममा इक्यान केन्द्रका सहकोषाध्यक्ष तथा तालिम संयोजक बिकल्पराज पोख्रेलले केन्द्रले विभिन्न शाखाका शैक्षिक परामर्श व्यवसायीलाई दक्ष बनाउने उदेश्यले धेरै तालिमको व्यवस्था मिलाएको बताए । उनले तालिमको सहि सदुपयोग गर्न आग्रह पनि गरे ।

कार्यक्रममा इक्यान केन्द्रकी युके विभाग प्रमुख साधना बुडासैनी, युके विभाग सदस्य उद्दव बन, अन युडि इभेन्ट्स म्यानेजम्यान्टका प्रमुख रवि झा, बि.पि.पि. युनिर्भसिटीका प्रतिनिधी डा. दिपक खड्का, लगायतले उच्च शिक्षा हासिलको लागि युके अध्ययन गर्न जाने विद्यार्थीलाई काउन्सिल गर्दा कसरी सहि तरिकाले सिकाउने भन्ने बारेमा आफुपहिला दक्ष हुनुपर्ने बताए । सहि किसिमको परामर्शले गर्दा विद्यार्थीहरुलाई वैदेशिक अध्ययनमा सहजिकरण हुने हुनाले विभिन्न तालिमहरु गर्दा सहि परामर्श दिन सक्ने पुर्ण योग्य हुने कुरामा प्राथमिकता दिए ।

इक्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष राजेश पाण्डेको स्वागत र सचिव गोविन्द बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ८ : ०५ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब