१३ श्रावण २०८३, बुधबार | July 29, 2026

इक्यान रुपन्देहीद्वारा युके अध्ययनका लागि शैक्षिक परामर्श सम्बन्धी तालिम सम्पन्न



बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले आफ्नो सस्थामा आवद्ध रहेका ३६ वटा शैक्षिक परामर्श व्यवसायीलाइ बुधवार बुटवलमा १ दिने अभिमुखिकरण तालिम दिएको छ ।

सञ्चालक तथा शैक्षिक परामर्शदातालाई युके अध्ययन गर्न पठाउने विद्यार्थीहरुको भाषा परिक्षा, डकुमेन्टेसन र प्रोसेसिङ प्रक्रिया लगायतमा क्षमता अभिबुद्धि गराउने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको इक्यान रुपन्देही सदस्य एवम् कार्यक्रम संयोजक अर्जुन पौडेलले बताए ।

अभिमुखिकरणमा इक्यान केन्द्रका सहकोषाध्यक्ष तथा तालिम संयोजक बिकल्पराज पोख्रेल, युके विभाग प्रमुख साधना बुडासैनी, बि.पि.पि. युनिर्भसिटीका प्रतिनिधी डा. दिपक खड्का लगायतले प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रममा इक्यान केन्द्रका सहकोषाध्यक्ष तथा तालिम संयोजक बिकल्पराज पोख्रेलले केन्द्रले विभिन्न शाखाका शैक्षिक परामर्श व्यवसायीलाई दक्ष बनाउने उदेश्यले धेरै तालिमको व्यवस्था मिलाएको बताए । उनले तालिमको सहि सदुपयोग गर्न आग्रह पनि गरे ।

कार्यक्रममा इक्यान केन्द्रकी युके विभाग प्रमुख साधना बुडासैनी, युके विभाग सदस्य उद्दव बन, अन युडि इभेन्ट्स म्यानेजम्यान्टका प्रमुख रवि झा, बि.पि.पि. युनिर्भसिटीका प्रतिनिधी डा. दिपक खड्का, लगायतले उच्च शिक्षा हासिलको लागि युके अध्ययन गर्न जाने विद्यार्थीलाई काउन्सिल गर्दा कसरी सहि तरिकाले सिकाउने भन्ने बारेमा आफुपहिला दक्ष हुनुपर्ने बताए । सहि किसिमको परामर्शले गर्दा विद्यार्थीहरुलाई वैदेशिक अध्ययनमा सहजिकरण हुने हुनाले विभिन्न तालिमहरु गर्दा सहि परामर्श दिन सक्ने पुर्ण योग्य हुने कुरामा प्राथमिकता दिए ।

इक्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष राजेश पाण्डेको स्वागत र सचिव गोविन्द बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ८ : ०५ बजे

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला