३१ श्रावण २०८३, आइतबार | August 17, 2026

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड



बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष २०८३ को अवसरमा आइतबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै इक्यानका केन्द्रीय अध्यक्ष लक्ष्मण पौडेलले परामर्श क्षेत्रमा युवाहरूको सहभागिता बढ्दै गएकोप्रति खुशी व्यक्त गर्दै व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन सबै एकजुट हुनुपर्ने बताए । उनले राम्रो काम गर्नेको सम्मान र गलत गर्नेको कारबाही हुने स्पष्ट पार्दै व्यवसायीहरूको अधिकार र सुरक्षाका लागि आवश्यक नीतिगत सुधारमा दबाब दिन आफू तत्पर रहेको उल्लेख गरे ।

केन्द्रीय प्रथम उपाध्यक्ष बासुदेव दाहालले परामर्श केन्द्रहरू नियमन गर्न सरकारको स्पष्ट नीति अभाव हुँदा व्यवसायीहरूले समस्या भोग्नुपरेको बताए । विशेषगरी लुम्बिनी प्रदेशमा आवश्यक कार्यविधि नबनाइनु र परामर्श केन्द्रलाई दर्ता प्रक्रियामा नल्याइनु राज्यको कमजोरी भएको उनको भनाइ थियो । अन्य प्रदेशमा दर्ता कार्यविधि लागू भइसकेको उल्लेख गर्दै उनले लुम्बिनीमा पनि शीघ्र लागू गर्न दबाब सिर्जना गर्नुपर्ने बताए ।

कार्यक्रममा इक्यान रुपन्देहीका सल्लाहकार गोविन्दराज अधिकारी, निशान बाबु कार्की लगायतले नयाँ वर्षसँगै व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे । सो अवसरमा इक्यानले प्रकाशन गरेको वर्ष २०८३ को क्यालेन्डर समेत विमोचन गरिएको थियो ।

इक्यान रुपन्देहीका अध्यक्ष गोविन्द बस्नेतको अध्यक्षता, उपाध्यक्ष दिपेश अर्यालको सञ्चालन र कोषाध्यक्ष राम खरेलको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो । सचिव उपेन्द्र यादवले समेत कार्यक्रममा धारणा राखेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ६ : १३ बजे

यो पार्टी पुनर्गठनको समय होइन, यो त जनतामा पुनर्जागरण गराउने बेला हो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिखेर पार्टी

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण