२९ चैत्र २०८२, आइतबार | April 12, 2026

रुपन्देहीको सियारीमा कटुपिटगरी ७० वर्षिया बृद्धाको हत्या, एकजना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले ७० वर्षिया महिलालाई कुटपिट गरि हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका वडा नं. ७ रामजानकी टोलका २९ वषिइ प्रभुनाथ थारु रहेका छन् ।

प्रहरीका अनुसार १३ गते राती १२ः३० बजेको समयमा जिल्ला रुपन्देही सुद्धोधन गाउँपालिका वडा नं. ६ घर भई हाल जिल्ला रुपन्देही सियारी गाउँपालिका वडा नं. ७ रामजानकी टोल स्थित छोरी ज्वाँइ चिन्तामणी पाण्डेको घरमा बस्दै आएकी ७० वर्षिया उजेली लोध आफ्नै कोठामा सुतिरहेको अवस्थामा कुटपिट गरी सख्त घाईते बनाईएको थियो । घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय छपिया रुपन्देहीका प्रहरी निरीक्षक लोक बहादुर जि.सी.को कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थल पुगि तल्काल घाईतेलाई उद्धार गरी उपचारार्थ भिम अस्पताल पठाइएकोमा उपचारको क्रममा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न ब्यक्तिको पहिचान एवम् खोजतलास गर्ने क्रममा प्रहरीले थारुलाई पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले बताए । पक्राउ परेका थारुको घरबाट कुटपिटमा प्रयोग भएको फलामको हतौडा बरामद भएको उनले बताए ।

पक्राउ परेका थारुको घर मृतक लोध बस्दै आएको घरबाट ५ सय मिटरको दुरीमा रहेको र आउँदा जाँदा बृद्धाले होच्याएर बोलाउने गरेको रिसिबीमा थारुले बृद्धाको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका थारुलाई रुपन्देही जिल्ला अदालतबाट १० दिनको म्याद लिएर घटना सम्बन्धमा आवश्यक अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ९ : ३७ बजे

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ