९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

बिहीबार वर्षाले अवरुद्ध नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ को सिरिज आजदेखि



काठमाडौं । बिहीबारदेखि हुने भनेको नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ को टी-२० सिरिज शुक्रबारदेखि सुरु हुँदैछ । बिहीबारको खेल वर्षाले अवरुद्ध भएपछि नेपाल क्रिकेट संघले टी-२० सिरिजको मिति एक दिन पछाडि सारेको हो ।

नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’सँग शुक्रबारदेखि नेपाल ‘ए’ले पहिलो टी-२० सिरिज खेल्दैछ । खेल दिउँसो २ बजे त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ ।

आयरल्याण्ड ‘ए’ सँग नेपाल ‘ए’ टिमले तीन-तीन खेलको टी-२० र एक दिवसीय सिरिज खेल्न लागेका हुन् । आयरल्यान्डसँग खेल्ने टी-२० र एक दिवसीय सिरिजका लागि क्यानले विनोद भण्डारीको कप्तानीमा टिम घोषणा गरिसकेको छ ।

नयाँ तालिका अनुसार नेपाल ‘ए’ ले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयरल्यान्डसँग टी-२० सिरिजको शुक्रबार पहिलो खेल खेल्न लागेको हो । दोस्रो खेल शनिबार र अन्तिम खेल आइतबार हुनेछ ।

क्यानले एक दिवसीय सिरिजको भने मिति परिवर्तन गरेको छैन । आयरल्याण्ड ‘ए’सँगको एक दिवसीय सिरिज चैत २१ गते सुरु हुनेछ । एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ ।

आयरल्याण्ड ‘ए’ले नेपालको राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि-२० सिरिज खेलिसकेको छ । उक्त सिरिजमा नेपाल विजयी भएको छ । दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ७ : ०८ बजे

केशवबहादुर थापा सुर्यवंशीको जोड : नेपाल संस्कृत विश्वविद्यालयलाई बहुभाषिक विश्वविद्यालय बनाइनुपर्छ

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापा सुर्यवंशीले दाङस्थित

बुटवलको देवीनगरमा रहेको गार्गी एकेडेमीले १६ औँ स्थापना दिवस मनायो

बुटवल । बुटवल-११ देवीनगरस्थित गार्गी एकेडेमीले बृहत् साँस्कृतिक तथा पुरस्कार

वैदेशिक व्यापारका सात महिना : नौ खर्ब पचास अर्ब घाटा

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु १२

आफ्नो पक्षमा मत पार्न पृथक प्रचार शैली अपनाउँदै प्रत्याशी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै चुनावी प्रतिस्पर्धामा होमिएका

सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप

विराटनगर । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा चुनावी कार्यक्रमलाई लिएर