१२ आश्विन २०८३, सोमबार | September 28, 2026

नेपालसामू केन्या ५ विकेटले पराजित



काठमाडौं । ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा वरीयाता सुधार गर्ने लक्ष्यका केन्या भ्रमणमा निस्किएको नेपाली टोलीले बिहीबार पाँच विकेटको विजय हासिल गरेको छ । यससँगै नयाँ प्रशिशक्षक मनोज प्रभाकरले विजयी नतिजासहित आफ्नो कार्यकालको सुरुआत गरेका छन् ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि ब्याटिङ थालेको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य नेपालले चार बल बाँकी हुँदा पाँच विकेट गुमाएर पूरा गरेको हो ।

जितसँगै पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले १-० को अग्रता बनाएको छ । ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र केन्याबीच भएको यो पहिलो खेल हो । यससँगै नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले पनि नेपालबाट पहिलो खेलमा विजय हासिल गरेको छ ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सबैभन्दा धेरै ३३ रन बनाए । आरिफ शेखले अविजित २४ रन जोडे । राष्ट्रिय टोलीमा पुनरागमन गरेका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले २३ रन जोड्दा आसिफ शेखले १९ रन बनाए । ओपनिङमा आएका पवन सर्राफ एक रनमा पवेलियन फर्किए भने आदिल अन्सारी २ रनमा अविजित रहे । उप कप्तान रोहितकुमार पौडेलले १३ रन बनाए ।

केन्याका लुकास ओलुओच र भिराज पटेलले समान २ विकेट लिए । नेहिमिहा ओधियाम्बोले १ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको केन्याका लागि इरफान करिमले सबैभन्दा धेरै ३४ रन बनाए । ओलुओचले अविजित ३१ रन बनाउँदा नेल्सन ओधियाम्बोले १९ रन बनाए । सचिन भुडियाले १७ तथा कोलिन्स ओबुयाले १२ रन जोडे । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । आदिल र दीपेन्द्रसिंहको नाममा १/१ विकेट रह्यो ।

अब नेपालले दोस्रो खेल शुक्रबार खेल्नेछ । ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट पछि नेपालले केन्यामा तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ ।

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  ९ : २० बजे

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम

चोलेन्द्र पक्राउ प्रकरणमा बोले प्रचण्ड : ‘छोरी कुटेर बुहारी तर्साउन खोजिए’ सरकारका लागि घातक हुने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलको ट्रफी सार्वजनिक

बुटवल । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग

सुनचाँदीको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा

प्रहरी नियन्त्रणमा ११ घन्टा बसेका पूर्वप्रधानन्यायाधीश जबराले मागे सुरक्षा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो र परिवारको सुरक्षाका लागि