२१ असार २०८३, आइतबार | July 5, 2026

यातायात व्यवसायीले लगाएको गुण सरकारले तिर्न सकेको छैन : निवर्तमान मुख्यमन्त्री गिरी



बुटवल । लुम्बिनी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री लिला गिरीले नेपालका यातायात व्यवसायीले लगाएको गुण सरकारले तिर्न नसकेको बताएका छन् । उनले यातायात क्षेत्रमा राज्यले गर्नुपर्ने सेवा निजी क्षेत्रले गरि राज्यलाई ठूलो गुण लगाएपनि सरकारले त्यो गुण तिर्न नसकेको बताए ।

बुटवलमा शुक्रबार आयोजित पश्चिम नेपाल बस व्यवसायी प्रालिको चौथो साधारणसभालाई सम्बोधन गर्दै गिरीले हजारौ व्यक्तिलाई यातायात सेवा मार्फत रोजगारी सिर्जना गर्ने र स्वरोजगार बनाउने यातायात क्षेत्रमा थुप्रै समस्याहरु रहेको बताए ।

यातायात क्षेत्रले रोजगारी श्रृजना गर्न ठुलो योगदान गरेको छ राज्यलाई ठुलो सहयोग गर्ने यातायात क्षेत्रको समस्या छन् समस्या समाधानको लागि सरकार प्रतिवद्ध हुनु पर्छ गिरीले भने । उनले नेपालमा अस्थिरता श्रृजना गरेर आफुले फाईदा उठाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तत्वका कारण नेपालमा समस्या निम्तिईरहेको दावी गरे ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वांरले नेपालीहरुको मात्र लगानी भएको नेपालको एकमात्र व्यवसाय यातायात क्षेत्र रहेको उल्लेख गर्दै तर सरकारले यातायात क्षेत्रलाई भने सधै उपेक्षा गर्दै आएको बताए ।

उनले सरकारले नचाहंदा सम्म राजनितिक नेतृत्वले चाहेर मात्र यातायात क्षेत्रको समस्या समाधान हुन नसक्ने भएकोले सरकार नै गम्भिर बन्नुपर्ने बताए । स्वारले १० खर्ब बढि निजी क्षेत्रको लगानी रहेको यातायात क्षेत्रमा ६४ प्रतिशत स्वरोजगार व्यवसायी रहेको बताए ।

पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष दधिराम खरेलले सरकारले सिण्डिकेटको बिल्ला भिराएर सिंगो यातायात क्षेत्रलाई तहसनहस बनाएको आरोप लगाए । उनले आफुहरु यातायात क्षेत्रमा रहेका गल्ति कमजोरी लुकाएर होईन स्वीकार गरेर लाग्नुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै तर राज्यलाई एकैपटक कर तिर्छौ भन्दापनि आन्दोलन गर्नुपर्ने बाध्यतामा रहेको बताए ।

प्रालिका संचालक रामचन्द्र भुसालको संचालन तथा नारायण प्रसाद घिमिरेको स्वागतमा सम्पन्न भएको उद्घाटन सत्रमा सार्वजनिक यातायात राष्ट्रिय महासंघका अध्यक्ष डोलनाथ खनाल, तत्कालिन पश्चिम नेपाल बस व्यवसायी संघका पूर्व अध्यक्ष चोप नारायण श्रेष्ठ, नेकपा एमालेका रुपन्देही अध्यक्ष तेजेन्द्र केशी, माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसी, नेपाली कांग्रेसका क्षेत्रिय सभापती प्रजापाल गिरी, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, तिनाउ गाउंपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, यातायात व्यवसायीहरु सुरेश हमाल, भानुभक्त बराल, पदम प्रसाद सापकोटा, योगेन्द्र बहादुर केशी, यातायात मजदुर तथा व्यवसायी भलाईकोषका अध्यक्ष दिनेश फुल्लेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रालिको आगामी नेतृत्वको लागि आज मतदान हुदैँछ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ६ : ४८ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ