७ श्रावण २०८३, बिहिबार | July 23, 2026

नेपालगन्ज भन्सारबाट राजस्वमा वृद्धि



नेपालगन्ज । नेपालगञ्ज भन्सार नाकाबाट गत वर्षको तुलनामा यस वर्ष राजस्वमा वृद्धि भएको छ । नेपालगन्ज भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार यस वर्षको फागुनसम्ममा गत आवभन्दा १.३५ प्रतिशतले राजस्व सङ्कलन बढी भएको छ ।

गत वर्षको साउनदेखि फागुनसम्ममा रु ११ अर्ब ४३ करोड ६२ लाख २९ हजार राजस्व सङ्कलन भएको थियो भने चालु आवको फागुनसम्म रु ११ अर्ब ५९ करोड नौ लाख ४३ हाजर राजस्व सङ्कलन भएको छ ।

यस वर्षको आठ महिनामा रु सात करोड ८९ लाख ९५ हजार बराबरको सामान बरामद भएको छ भने गत वर्ष दुई करोड १५ लाख ६३ हजार बराबरको सामान बरामद गरेर भन्सार बुझाइएको छ ।

फागुनसम्मको लक्ष्य रु १८ अर्ब ७७ करोड ४८ लाख २९ हजारको लक्ष्यमा रु ११ अर्ब ५९ करोड नौ लाख ४३ हाजर राजस्व सङ्कलन भएको अधिकृत विश्वकर्माले बताए । जसको लक्ष्यको ६१.७४ प्रतिशत सङ्कलन भएको छ ।

उनका अनुसार यसवर्षको फागुनसम्मको आयात रु ४६ अर्ब १७ करोड बराबरको सामान आएको छ । गत वर्षको फागुनसम्मको रु ४३ अर्ब ३० करोड बराबरको सामान आयात भएको थियो । यो ६.६१ प्रतिशतले बढेको बुझिएको छ । यो वर्षको फागुनसम्ममा रु एक अर्ब ५६ करोड बराबरको सामान निर्यात भएको छ भने गत वर्ष रु एक अर्ब ५७ करोड बराबरको सामान निर्यात भएको थियो । गत वर्षको तुलनामा यो वर्ष १.१९ प्रतिशतले निर्यात घटेको छ ।

यस वर्ष भारतबाट मात्रै ९२.८७ प्रतिशतले सामान आयात भएको छ । सात प्रतिशत सामान चीन, इण्डोनेसिाया, मलेसियालगायत अन्य देशबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ । यसैवर्ष भारतमा मात्रै ९९.०७ प्रतिशत सामान निर्यात भएको छ । प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार यात्रु शाखाबाट मात्रै दैनिक साढे रु दुई लाख राजस्व सङ्कलन हुने गरेको छ । सबैभन्दा धेरै आयल निगमबाट राजस्व सङ्कलन हुने गरेको प्रमुख भन्सार अधिकृत विश्वकमाले बताए ।

उनका अनुसार ५१ प्रतिशत राजस्व सङ्कलन आयल निगमबाट मात्रै हुने गरेको छ । चालु आवको चैत महिनाको राजस्वको लक्ष्य रु दुई अर्ब ४५ करोड तीन लाख ७४ हजार रहेकोमा १७ गते शनिबारसम्म ८० करोड १० लाख ३३ हजार राजस्व सङ्कलन भएको छ । यो भनेको लक्ष्यको ३२.६९ प्रतिशत राजस्व सङ्कलन भएको हो । प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार राजस्व आउने प्रमुख मालबस्तुमा प्रेटोलियम पदार्थ, शुद्ध फलाम, चामल, आलु, टायल, स्टील वायर, सुपारी, भटमासको पीना, एमएस बीलेट, अलकत्रा, फलामे पत्रु र तयारी कपडा आदि रहेका छन् । नेपालबाट जडीबुटीलगायतका वस्तु भारततर्फ निकासी हुने गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १० : ४६ बजे

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको