३० भदौ २०८३, मंगलबार | September 15, 2026

जिल्ला र उच्च अदालतको आदेश बदर, सर्वोच्चबाट न्यायाधीस गिरीलाई थुनामा राख्ने आदेश



काठमाडौं । वैवाहिक बलात्कारको आरोप लागेका न्यायधीश भुवन गिरीलाई सर्वोच्च अदालतले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीशहरु हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले गिरीलाई धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै थुनामा पठाउन आदेश दिएको हो ।

गिरी कपिलवस्तु जिल्ला अदालतमा कार्यरत रहेकै अवस्थामा न्यायाधीश गिरीकी पत्नीले आफूमाथि बलात्कार भएको भन्दै गिरीविरुद्ध जाहेरी दिएकी थिइन् । त्यस लगत्तै काठमाडौं प्रहरीले अघिल्लो वर्षको चैत्र २७ गते गोङ्गबुको पवित्रनगरबाट पक्राउ गरी उनलाई कपिलवस्तु पठाएको थियो । कपिलवस्तु प्रहरीले जिल्ला न्यायाधीश गिरीलाई हिरासतमा राखेर गरी अनुसन्धान सुरु गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले गिरी विरुद्ध वैवाहिक बलात्कारको मुद्दा चलाएपछि जिल्ला र उच्च अदालतले गिरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । मुद्दा दायर भएपछि न्यायाधीश गिरी निलम्बनमा छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ६ : १९ बजे

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा