३० चैत्र २०८२, सोमबार | April 13, 2026

बाँकेका प्रहरी प्रमुखमाथि छानविन गर्न एसएसपी बस्नेतको नेतृत्वमा समिति गठन



नेपालगन्ज । बाँकेका प्रहरी प्रमुख र मातहतका प्रहरी कर्मचारीका विषयमा छानविन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक सुवाश चन्द्र बोहोरा लगायत अन्य प्रहरी कर्मचारीहरुको बारेमा छानविन गर्न समिति गठन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतको अध्यक्षतामा छानविन समिति गठन भई छानबिन प्रकृया अगाडी बढेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

स्थानीय सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशन भएका समाचार र विभिन्न टिकाटप्पणीहरुका सम्बन्धमा यस कार्यालयको विशेष ध्यानाकर्षण भएको समेत कार्यालयले जनाएको छ । सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशन भएका समाचार र विभिन्न टिकाटप्पणीहरुका सम्बन्धमा छानविन गरी सत्यतथ्य बुझ्नका लागि कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतको अध्यक्षतामा छानविन समिति गठन भएको हो ।

बाँकेमा लगातार लुटपाट, भडप सहित शान्ति सुरक्षा खलल पुग्ने कार्य भइरहँदा समेत त्यस्ता तत्वहरुलाई कारवाहीको दायरामा ल्याउन असफल भएको भन्दै बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक बोहोराको आलोचना हुँदै आएको छ । आजै बाँकेका अधिकार कर्मीहरुले पनि जिल्लाको सुरक्षा अवस्था कमजोर भएको उल्लेख गर्दै त्यस सम्बन्धि समाचारलाई लिएर प्रहरी उपरीक्षकबाट पत्रकारलाई धम्की दिएको भन्दै विरोध जनाएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ६ : ४७ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका