४ आश्विन २०८३, आइतबार | September 20, 2026

आजको मौसम : दुइ प्रदेशमा वर्षा र तराइमा हावाहुरी चल्ने सम्भावना



काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा  बाँकी तराई भू-भागका थोरै स्थानहरुमा हावा हुरीको सम्भावना रहेको छ ।

राती भने देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ । गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू-भागका  थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा बाँकी तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ७ : २७ बजे

एकलैनी बजारबाट ३५ ग्राम बढी ब्राउनसुगर सहित २ दाजुभाई पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित २ जना

गुडिरहेको ईभी हाईसमा आगलागी

बर्दिया । बर्दियामा गुडिरहेको ईभी हाईसमा एकाएक आगलागी भएको छ।

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत