८ श्रावण २०८३, शुक्रबार | July 25, 2026

हिजाब फुकालेर मस्कट लिएपछि अमेरिकामा हंगामा



न्युयोर्क । अमेरिकाको न्युयोर्क सहरमा मुस्लिम महिलाले हिजाब फुकालेर मगसट (मुस्लिम वुमन मगसट) लिएको बिषयमा चर्को हंगामा भएको छ । यस विषयमा सरकारविरुद्ध मुद्दा दायर भएको थियो । सरकारले सो मुद्दा मिलाउनका लागि कम्तिमा २३२ करोड नेपाली रुपैयाँ बराबर तिर्न पनि सहमति जनाएको छ ।

मगसट एउटा यस्तो फोटो हो, जसमा एक आरोपीको अनुहारको क्लोजअप लिइन्छ । मगसट विशेष गरी पुलिस रेकर्ड वा आधिकारिक कामको लागि लिइन्छ । फोटोसँगै अभियुक्तको औंठाछाप, उचाइ र तौल जस्ता व्यक्तिगत जानकारी पनि लिइएको हुन्छ ।

मुद्दा दायर गर्ने महिलाहरूको पहिचान जमिला क्लार्क र अरवा अजिजको रूपमा गरिएको छ । जमिलालाई जनवरी ९, २०१७ मा र अर्वालाई अगस्त ३० मा पक्राउ गरिएको थियो । पक्राउ परेपछि आफूलाई टाउकोबाट हिजाब फुकाल्न बाध्य पारिएको भन्दै उनले आफूलाई लाजमर्दो महसुस गरेको आरोप लगाएकी थिइन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार जमिलाका श्रीमानले झुटो मुद्दा बनाएर गिरफ्तार गरेका थिए । पक्राउका क्रममा प्रहरीले जमिलालाई हिजाब नहटाएमा कारबाही गर्ने धम्की दिएको आरोप छ । यहाँ अर्वालाई पनि केही नक्कली मुद्दामा पक्राउ गरिएको थियो ।

हिजाब हटाएर उनको फोटो खिच्दा अर्वालाई देख्न सक्ने ठाउँमा ३० भन्दा बढी पुरुष कैदी उपस्थित रहेको आरोप छ । यसबाट अर्वा स्तब्ध भइन् । महिला वकिलले भने कि कसैलाई आफ्नो धार्मिक लुगा खोल्न बाध्य पार्नु स्ट्रिप खोज जस्तै हो ।

शहर कानून विभागका प्रवक्ता निक पाउलुचीले एक विज्ञप्तिमा भने -यो सम्झौताले पुलिस विभागको लागि सकारात्मक सुधार गरेको छ र सबै पक्षहरूको हितमा छ ।

१६ मार्च २०१४ देखि २३ अगस्ट २०२१ सम्म टाउकोको हिजाब हटाउन बाध्य भएका सबै महिलाले यस सम्झौता अन्तर्गत क्षतिपुर्ति स्वरूप पैसा पाउने छन् । यसरी करिब ४ हजार १ सय जनामा सो रकम वितरण गरिने उनले बताए। र यस अनुसार सबैले कम्तिमा ६.५ लाख रुपैयाँ पाउने ग्यारेन्टी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ७ : ४१ बजे

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत