२ पुस २०८२, बुधबार | December 17, 2025

हिजाब फुकालेर मस्कट लिएपछि अमेरिकामा हंगामा



न्युयोर्क । अमेरिकाको न्युयोर्क सहरमा मुस्लिम महिलाले हिजाब फुकालेर मगसट (मुस्लिम वुमन मगसट) लिएको बिषयमा चर्को हंगामा भएको छ । यस विषयमा सरकारविरुद्ध मुद्दा दायर भएको थियो । सरकारले सो मुद्दा मिलाउनका लागि कम्तिमा २३२ करोड नेपाली रुपैयाँ बराबर तिर्न पनि सहमति जनाएको छ ।

मगसट एउटा यस्तो फोटो हो, जसमा एक आरोपीको अनुहारको क्लोजअप लिइन्छ । मगसट विशेष गरी पुलिस रेकर्ड वा आधिकारिक कामको लागि लिइन्छ । फोटोसँगै अभियुक्तको औंठाछाप, उचाइ र तौल जस्ता व्यक्तिगत जानकारी पनि लिइएको हुन्छ ।

मुद्दा दायर गर्ने महिलाहरूको पहिचान जमिला क्लार्क र अरवा अजिजको रूपमा गरिएको छ । जमिलालाई जनवरी ९, २०१७ मा र अर्वालाई अगस्त ३० मा पक्राउ गरिएको थियो । पक्राउ परेपछि आफूलाई टाउकोबाट हिजाब फुकाल्न बाध्य पारिएको भन्दै उनले आफूलाई लाजमर्दो महसुस गरेको आरोप लगाएकी थिइन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार जमिलाका श्रीमानले झुटो मुद्दा बनाएर गिरफ्तार गरेका थिए । पक्राउका क्रममा प्रहरीले जमिलालाई हिजाब नहटाएमा कारबाही गर्ने धम्की दिएको आरोप छ । यहाँ अर्वालाई पनि केही नक्कली मुद्दामा पक्राउ गरिएको थियो ।

हिजाब हटाएर उनको फोटो खिच्दा अर्वालाई देख्न सक्ने ठाउँमा ३० भन्दा बढी पुरुष कैदी उपस्थित रहेको आरोप छ । यसबाट अर्वा स्तब्ध भइन् । महिला वकिलले भने कि कसैलाई आफ्नो धार्मिक लुगा खोल्न बाध्य पार्नु स्ट्रिप खोज जस्तै हो ।

शहर कानून विभागका प्रवक्ता निक पाउलुचीले एक विज्ञप्तिमा भने -यो सम्झौताले पुलिस विभागको लागि सकारात्मक सुधार गरेको छ र सबै पक्षहरूको हितमा छ ।

१६ मार्च २०१४ देखि २३ अगस्ट २०२१ सम्म टाउकोको हिजाब हटाउन बाध्य भएका सबै महिलाले यस सम्झौता अन्तर्गत क्षतिपुर्ति स्वरूप पैसा पाउने छन् । यसरी करिब ४ हजार १ सय जनामा सो रकम वितरण गरिने उनले बताए। र यस अनुसार सबैले कम्तिमा ६.५ लाख रुपैयाँ पाउने ग्यारेन्टी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ७ : ४१ बजे

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु