८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

रुपन्देही प्रहरीले सुन्यो नागरिकको गुनासो



बुटवल । रुपन्देही प्रहरीले स्थानीयबासीसँग अन्तरक्रिया गर्दै प्रहरी प्रतिको नागरिक गुनासो सुनेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. ३ धकधईमा अन्तरक्रिया गर्दै रुपन्देही प्रहरीले नागरिक गुनासो सुनेको हो । स्थानीय सरस्वती थर्क बहादुर रायमाझी धर्मशालामा आयोजित जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नागरिकहरुको गुनासो र प्रहरी कार्यप्रतिको जवाफदेहिताको लागी नागरिक सुनवाई तथा अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा बोल्दै रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौरले शान्ति शुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण, लागु औषध नियन्त्रण, चोरी तस्करी नियन्त्रण तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सम्पादन गरीएका कार्यहरुको बारेमा जानकारी दिए । उनले सहभागीहरुको तर्फबाट उठेका प्रश्न एवम् गुनासाहरुको सम्बोधन हुने प्रतिबद्धता पनि जनाए ।

रोहिणी गाउँपलिकाका अध्यक्ष बिद्या प्रसाद यादवले प्रहरीले जनताको गुनासो सुन्ने काम गरेकोमा प्रहरीलाई धन्यबाद दिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधी, पत्रकारहरु, पुर्व प्रहरी कर्मचारीहरु, समाज सेवी, बुद्दिजिवि, स्थानिय आमा समुह, युवा क्लव, नागरिक समाजका अगुवाहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ९ : ५४ बजे

धुलिखेल-खावा सडक : दुई दिन राजमार्ग बन्द गरेर विस्तारको काम

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्ड बन्द गरेर विस्तारको

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई एमाले अध्यक्ष ओलीको आग्रह

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

नाराबाजीका बीच प्रतिनिधिसभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्षी दल नेपाली

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाविरूद्ध पक्राउ पूर्जी