२९ भदौ २०८३, सोमबार | September 14, 2026

अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता जारी, तीन नेपाली खेलाडी अग्रस्थानमा



बुटवल । कर्णेल उरजिर सिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको दोश्रो दिन सम्पन्न चौथौं चरणको खेलसम्ममा नेपालका ३ खेलाडी अग्रस्थानमा पुगेका छन् ।

प्रतियोगिताका प्रमुख आर्पिटर निरन्जन प्रजापतिका अनुसार सुदिप तामाङ, एफ.एम. रुपेश जैसवाल र सि.एम.पुरुषोत्तम चौलागाईं ४/४ खेलमा जीत निकाल्दै संयुक्त अग्रस्थानमा रहन सफल भएका छन् । नेपाली शिर्षस्थ खेलाडीहरुलाई पछ्याउँदै समान ४ अंक हासिल गर्नेमा भारतका सुधिर कुमार सिन्हा, डब्लू.एफ.एम. बृष्टि मुखर्जी र रिसब निसद रहेका छन् ।

बुटवल उपमहानगरपालिकाको हयोगमा सञ्चालन भइरहेको उजिर सिंह थापा मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालका सिएम सजिन महर्जन, भारतका दिव्याशं कुमार सिंह र भारतकै निलेश कुमार ३.५ अंक सहित संयुक्त दोश्रो स्थानमा उभिन सफल बनेका छन् । नेपालका प्रशान्त गौतम, तिर्थ बहादुर बिके, सि.एफ.कृष्ण थापा, आशिष फूँयाल, गोविन्द खड्का, बिनोद नाल्मि, बिक्रम वैश्य, सुनिल बहादुर कोइराला, भिमदत्त पाण्डे, लक्ष्मण कुमार सेठ, सुदेश श्रेष्ठ, राम बहादुर क्षेत्री, सुरज महर्जन, शिवम् कुमार बिके, शिखर रेग्मी, चमन गाहमगर, बिकास बराल, अशोक मोहन श्रेष्ठ, विशनमान थैव, धिरेन राई र बिजनमान थैवले ३/३ अंक जोड्दै संयुक्त तेश्रो स्थान ओगट्न सफल भै दावेदारी पेश गरेका बनेका छन् ।

नेपालको बुटवलस्थित अर्घाखाँची पार्टी प्यालेसमा सञ्चालन भइरहेको बुद्धिचाल प्रतियोगितामा उच्च रेटेड बंगलादेशका खेलाडी सि.एम. एम.डि जमालउद्दिन, अमेरिकन खेलाडी वेभर सिया, भारतका सुभम् षी विपुल, प्रखर त्रिपाठी, हिमांशु हर्ष, दिलिप त्रिपाठी, आशुतोष कुमार लगायत ३३ जना खेलाडीहरुले ३ अंक बनाउदै तेश्रो स्थानमा भाग जमाउन सफल बनेका छन् । शनिबारबाट शुरु रेटिङ समूह २ हजार मूनिको अन्तर्राष्ट्रिय मेयर कप चेस खेलमा अव नेपाल लगायत अमेरिका, भारत र बंगलादेशका १ सय ५० अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागीता रहने छ । प्रतियोगितामा पहिलो हुने खेलाडीले नगद रु २ लाख पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी द्वितीय हुनेले रु. १ लाख १० हजार, तृतीयले ६० हजार, चौथोले ४० हजार र पाँचौ स्थानमा आउनेले ३० हजर नगद पुरस्कार हात पार्ने छन् ।

नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारका अनुसार कूल ५० जना खेलाडीहरुले बिसौं स्थान र विभिन्न विधा अन्तर्गत जम्मा नगद १० लाख १ हजार नगद, आकर्षक ट्रफि, प्रमाणपत्र प्राप्त गर्ने छन् । मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता नौ चरणको लिग खेल चैत २७ गते सम्पन्न हुनेछ भने उत्कृष्ट अंक हुनेलाई उपाधी विजेता घोषणा गरिनेछ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ७ : ४२ बजे

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा