३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

निषेधित क्षेत्र तोड्न खोजेपछि राप्रपाको जुलुसमा प्रहरीले हान्यो पानीको फोहोरा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको जुलुसले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पानीको फोहोर हानेको छ ।

भृकृटीमण्डपबाट अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा निस्किएको जुलुसले निषेधित क्षेत्र तोड्दै माइतीघर मण्डलातिर अघि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो । निषेधित क्षेत्र तोड्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेपनि जुलुस अघि बढेपछि पानीको फोहोरा प्रयोग भएको हो ।

प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौं उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर राप्रपा आन्दोलनमा होमिएको हो । सोही आन्दोलनअन्तर्गतथ आज राप्रपाले काठमाडौंमा शक्ति प्रदर्शन गरिरहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १ : ५३ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका