४ आश्विन २०८३, आइतबार | September 20, 2026

निषेधित क्षेत्र तोड्न खोजेपछि राप्रपाको जुलुसमा प्रहरीले हान्यो पानीको फोहोरा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको जुलुसले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पानीको फोहोर हानेको छ ।

भृकृटीमण्डपबाट अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा निस्किएको जुलुसले निषेधित क्षेत्र तोड्दै माइतीघर मण्डलातिर अघि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो । निषेधित क्षेत्र तोड्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेपनि जुलुस अघि बढेपछि पानीको फोहोरा प्रयोग भएको हो ।

प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौं उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर राप्रपा आन्दोलनमा होमिएको हो । सोही आन्दोलनअन्तर्गतथ आज राप्रपाले काठमाडौंमा शक्ति प्रदर्शन गरिरहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १ : ५३ बजे

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल

बाढी प्रभावितलाई चिनियाँ सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान