९ पुस २०८२, बुधबार | December 25, 2025

अव खजुरा गाउँपालिकाको आफ्नै जेसिबी, विकासमा ढिलासुस्ती नहुने विश्वास



खजुरा । बाँकेको खजुरा गाउँपालिकाले विकास निर्माणको काम छिटो छरीतो रुपमा गर्न भन्दै जेसिबी खरिद गरेको छ । खजुरा गाउँपालिका भित्र सडक निर्माण, विस्तार, स्तरवृद्धि , मर्मत सम्भार र पालिकाका अन्य आवश्यक कामहरुमा प्रयोग गर्ने प्रयोजनका लागि जेसीबी खरीद गरेको पालिकाले जनाएको छ ।

विकास निर्माणको कामलाई तिब्रता लिन जेसिबीको खरिदले सहज बनाउने खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले बताए । यसअघि श्रोत र साधनको अभावको बहानामा कामहरु ढिला हुने गरेपनि अव त्यो समस्या हटेर जाने अध्यक्ष बिकले बताए ।

स्थानीय सरकारलाई विकास निर्माणको काम गर्ने सवारी साधन हुँदा सहज हुने भएकाले जेसीबी खरिद गरिएको खजुरा गाउँपालिकाको प्रमुख प्रसासकिय अधिकृत बस बहादुर रानाले बताए ।

चालू आर्थिक वर्षको बजेटबाट ४४लाख ९८ हजार रुपियामा जेसिवी खरिद गरिएको गाउँपालिकाले जनाएको छ। जेसीबी खरीद गरेपछि पालिका अन्तर्गतका सडक अवरुद्ध भएमा सुचारु गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यस अघि पालिकाको फोहर व्यवस्थापन गर्ने भन्दै खरिद गरिएको ट्याक्टर भने संचालनमा नआएर पालिकाको कार्यालयमा थन्किएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १० : २० बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना