३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

इद पर्वले बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इद (इद-उल-फित्र) पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन ।

इस्लाम धर्मावलम्बीको महान् चाड इद पर्वको अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति पौडेलले इद पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका छन ।

“सामाजिक एवं सांस्कृतिक विविधताबीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको छ । यस पर्वको माध्यमबाट भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी कामना गर्दछु”, राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले इद पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन ।

इद पर्व मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशियाली साटासाट गर्दै शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्टान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ७ : १२ बजे

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने

त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा