५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

पूर्वराष्ट्रपति भण्डारीद्वारा इदको शुभकामना



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले इद (इद-दुल-फित्र) जस्ता धार्मिक तथा सांस्कृतिक पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता एवं पारस्परिक सहयोगको भावनालाई प्रगाढ तुल्याउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गरेकी छिन ।

इस्लाम धर्मावलम्बीको महान् पर्व, इदको अवसरमा शुभकामना सन्देश दिदै पूर्वराष्ट्रपति भण्डारीले इद पर्वले सबै नेपालीबीच आपसी एकताको भावना सुदृढ गर्दै सभ्य, समुन्नत र समृद्ध समाज निर्माण गर्नेतर्फ अग्रसर हुन थप प्रेरणा प्रदान गरोस् भनी शुभकामना दिएकी छिन ।

पूर्वराष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छिन ।

“इदको सन्दर्भमा, मुस्लिम समुदायले जकात अल-फित्र भनिने अनिवार्य दान गर्नुपर्ने मान्यता छ । यस पर्वसँग जोडिएको यस प्रकारको असल परम्परालाई हामीले जोगाउनु पर्दछ”, पूर्वराष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ७ : ३६ बजे

भरतुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन

उच्च अदालत नेपालगन्ज इजलासबाट १० महिनाको अवधिमा ९८.२७ प्रतिशत मुद्दा फर्छ्योट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौँ ।  एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२०