३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

अपराध अनुसन्धानमा उपयोगी ‘नेपाल प्रहरी मोबाइल एप’



काठमाडौं । प्रविधिको क्षेत्रमा भएका नवीन विकासलाई आत्मसात् गर्दै नेपाल प्रहरीले नागरिक सेवालाई प्रभावकारी बनाउन तथा अपराध अनुसन्धानका निम्ति सञ्चालन गरेको ‘नेपाल प्रहरी मोबाइल एप्लिकेशन (एप)’ उपयोगी साबित भएको छ ।

स्मार्ट फोन र अन्य मोबाइल उपकरणमा सर्वसाधरणको सहज पहुँचसँगै मोबाइल एपको प्रयोग पनि बढ्दै गएको छ । सूचना र सन्देश सङ्कलन तथा सम्प्रेषण गर्न प्रयोग गरिएको ‘नेपाल प्रहरी मोबाइल एप’बाट आमनागरिक आफू पीडित भएको अवस्थामा होस् वा कुनै घटनाको प्रत्यक्षदर्शीको रुपमा प्रहरीलाई स्थानसहितको सूचना दिने सुविधा उपयोग गर्न सक्षम भएका छन् । प्रहरीलाई पनि घटनास्थलमा पुगेर प्रभावकारी रूपमा काम गर्न मद्दत पुगेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए ।

नेपाल प्रहरी मोबाइल एपद्वारा ‘अडियो’, फोटो र ‘भिडियो’जस्ता प्रमाणजन्य सूचना प्राप्त गरी अपराध अनुसन्धानमा मद्दत पुगेको उनले बताए । उक्त एपको प्रयोगबाट आमनागरिकले ‘ग्लोबल पोजिसनिङ सिस्टम’ (जिपिएस)मा आधारित रहेर फोटो, भिडियो, अडियो र ‘टेक्स्ट’ सम्प्रेषण गर्न सक्छन् । उनी भन्छन्, “नेपाल प्रहरीको कामलाई प्रविधिमैत्री सेवाका रुपमा संस्थागत गर्ने उद्देश्यअनुरुप परीक्षणका रुपमा एप सञ्चालन भएको हो ।” हाल ७७ वटै जिल्लामा प्रहरी एपमार्फत आएका गुनासा र सूचनाका आधारमा नजिकैको प्रहरी कार्यालबाट तुरुन्त प्रहरी परिचालन गर्ने व्यवस्था भएको छ ।

समुदायमा हुने आपराधिक क्रियाकलाप, अन्य घटना एवं दुर्घटना तथा सूचनालाई चाँडो प्रवाह गर्न, अपराधिलाई तत्काल नियन्त्रणमा लिन तथा शान्तिसुव्यवस्था कायम गर्न एप उपयोगी भएको उनले बताए । यो एप प्रहरीको सूचना प्रविधि निर्देशनालयले गरेको हो । निर्देशनालयका प्रहरी उपरीक्षक सरोज शाक्य यो एप हरेक नागरिकले प्रयोग गरी आफू सुरक्षित हुन र प्रहरीलाई पनि सघाउन सक्ने बताउँछन् ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ११ : १९ बजे

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क