२५ माघ २०८२, आइतबार | February 8, 2026

भाषा र संस्कृतिमार्फत विश्वका नेपालीलाई जोड्न प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीभाषी र नेपाली मूलका नागरिकलाई आफूले आर्जन गरेको सीप, ज्ञान र पुँजी मातृ तथा पितृभूमि नेपालका लागि खर्च गर्न आग्रह गरेका छन् ।

एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रियता फरक भए पनि मातृ तथा पितृभूमि एउटै भएका कारण सबैलाई जोड्ने अभियान सकारात्मक रहेको भन्दै यस अभियानमार्फत विश्वका नेपालीभाषीलाई जोड्न आग्रह गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले भाषा र संस्कृतिका माध्यमबाट विश्वभर छरिएर रहेका नेपालीलाई जोड्ने एएनओको अभियान सकारात्मक रहेको उल्लेख गर्दै सो अभियानका लागि नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको गत चैत ६ मा थाइल्याण्डको राजधानी बैंककमा भएको भेलाले नेपाली जातिलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको थियो । प्रधानमन्त्री दाहालले कला र संस्कृतिमार्फत नेपालीभाषीलाई जोड्ने अभियान सञ्चालन गरेकामा धन्यवाद दिँदै नयाँ अभियानका लागि शुभेच्छा प्रकट गरे ।

एएनओका अध्यक्ष डिल्लीराम अधिकारीले हालसम्म सरकारबाट प्राप्त सहयोग र शुभेच्छाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा साथ र समर्थन रहने अपेक्षा गरे ।

उनले भने, “यो अभियानलाई नेपाली भाषा, कला, संस्कृतिको दूतकारुपमा संसारभर पु¥याउनेछौँ । साथै अभियानले भावी पुस्तालाई समेत नेपालसँग जोड्दै नेपालीपनको जगेर्ना र प्रचारप्रसार गर्न सहयोग पुग्ने र देशको विकासमा थप टेवा पुग्नेछ ।”

साथै यस संस्थाले प्रवासमा बस्ने नेपाली जातिका लगानीकर्तालाई नेपालमै आई लगानी गर्ने वातावरणलाई प्रोत्साहित गर्न र लगानीको उचित प्रतिफल आफ्नै पुर्खाको पहिचान जोडिएको देशको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगाई सामाजिक काम गर्न अभिप्रेरित पनि गर्नेछ ।

भेटमा संस्थाका उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चुडामणि भट्टराईसहितका पदाधिकारी सहभागी थिए ।

विश्वका २७ देशका नेपाली मूलका सामाजिक अभियन्ताको प्रतिनिधित्व रहेको बैंकक भेलालाई पहिलो महाधिवेशनको स्वरुप दिएर भुटानमा जन्मी हाल अमेरिकामा बसोबास गर्दै आएका नेपाली मूलका समाजसेवी डिल्ली अधिकारीको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति गठन गरिएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १ : ५२ बजे

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय

पाकिस्तान-नेपाल मैत्री टी-२० क्रिकेट प्रतियोगिता २०२६ सुरु, १२ टोलीको सहभागिता

काठमाडौं । पाकिस्तान–नेपाल मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजित

इंग्ल्याण्डविरुद्ध नेपाल दबाबमा, कुशल भुर्तेल दोस्रो विकेटका रूपमा आउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले अहिले

सर्वोच्चले अन्तरिम आदेश नदिँदा रेशम चौधरी फागुन २१ को चुनावबाट बाहिर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको

यस्तो छ जुम्लाको चुनावी गणित

जुम्ला । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य