१८ असार २०८३, बिहिबार | July 3, 2026

त्रिविमा रजिष्टार र रेक्टर नियुक्त



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रजिष्टारमा प्राडा केदार रिजाल र रेक्टरमा प्राडा खड्क केसी नियुक्त भएका छन् ।

त्रिविका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यी दुई पदमा नियुक्ति गरेका हुन् । उपकुलपति प्राडा केशरजंग बरालले प्रधानमन्त्रीसमक्ष यी नाम सिफारिस गरेका थिए ।

नवनियुक्त रजिष्ट्रार रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् । यस्तै रेक्टर केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्रमुख हुन् ।

त्रिवि ऐनमा रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गर्ने व्यवस्था रहेको छ । तर, राजनीतिक नियुक्तिका लागि निरन्तर दबाब बढेपछि नियुक्ति प्रक्रियामा ढिलाई भएको थियो । अन्त्यमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिहरु नै रजिष्टार र रेक्टर नियुक्त भएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ६ : १५ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले