५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 



काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि जारी खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १३९ रन बनाएको हो ।

खराब सुरुवात गरेको नेपालका लागि १३९ को स्कोरसम्म पुर्‍याउन दीपेन्द्र सिंह ऐरीको ब्याटिङको भूमिका महत्वपूर्ण रह्यो । उनले अन्तिम ओभरमा नै दुई छक्का र दुई चौका प्रहार गर्दै २० रन जोडेका थिए ।

जम्मा २९ बल खेलेका ऐरीले तीन छक्का र चार चौका प्रहार गर्दै नटआउट ४४ रन जोडे । यस्तै सन्दीप जोराले २२, कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३ र सोमपाल कामीले १२ रन जोडे ।

ओपनर कुशल भुर्तेल शून्य रनमै डकआउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यता हङकङका लागि आयुस श्क्लाले तीन विकेट लिँदा अतीक इकबाल, यासिम मर्तजा र इसान खानले १र१ विकेट लिए ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ६ : ०५ बजे

६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत

कञ्चनपुर । कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

बेनीका विद्यार्थीलाई पढाइसँगै सीप

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरुलाई पढाइसँगै सीप सिकाउन ‘हामी

जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नानडेजलाई बर्खास्त गर्ने

आजको मौसम : कोशी, गण्डकी र कर्णालीमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक

विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक, लुम्बिनीमा थन्किएको बसलाई छिट्टै प्रयोगमा ल्याइने

ललितपुर । सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड