२२ चैत्र २०८२, आइतबार | April 6, 2026

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा रहेको बताएकी छिन ।

मनमोहन स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित मनमोहन अधिकारीको २५ औँ स्मृतिसभामा अवसरमा आयोजित कार्यक्रममा उनले मनमोहन अधिकारी समकालीन नेपाली राजनीतिमा एक निष्कलङ्क, सरल एवं निष्ठावान् राजनेता एवं सिङ्गो नेपाली समाजकै एक सम्मानित नेताका रूपमा स्थापित भएको बताइन । नेपालमा कम्युनिष्ट पार्टी स्थापना हुनुभन्दाअघि नै कम्युनिष्ट पार्टीको सदस्य भइसकेका मनमोहन अधिकारी नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व रहेको उनले बताइन ।

उनले मनमोहन अधिकारीको सिङ्गो जीवन नयाँपुस्ताका लागि अनिवार्यरूपमा पढ्नै पर्ने खुला किताब जस्तै रहेको उल्लेख गरिन । “आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन”, उनले भनिन, “मनमोहन अधिकारीजस्ता पहिलो पुस्ताका नेताहरूमा रहेको उन्नतस्तरको चेतना, त्याग र अठोटले नै आज हामीले खुल्ला वातावरण पाएका छौँ, स्वतन्त्रता पाएका छौँ । इतिहासका धरोहर मनमोहन अधिकारी हाम्रा लागि सधैँ प्रातःस्मरणीय हुनुहुन्छ र रहिरहनुहुनेछ ।”

मनमोहन अधिकारी नेतृत्वको सरकारले सुरु गरेको वृद्धभत्ता दक्षिण एशियामै सामाजिक सुरक्षाको एउटा नमुना कार्यक्रमका रूपमा रहेको भन्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन, “यस कदमले ज्येष्ठ नागरिकप्रति राज्य, समाज र परिवारको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र उहाँहरूको आत्मसम्मान बढाउन ठूलो योगदान गर्नुका साथै जीवनयापनमा पनि महत्वपूर्ण सहयोग पु¥याएको छ ।”

मनमोहन अधिकारीले ज्येष्ठ नागरिकको सम्मानमा थालनी गरिएको कार्यलाई थप सुदृढ गर्दै वर्तमान नेपालको संविधानले ज्येष्ठ नागरिकका अधिकारलाई मौलिक अधिकारका रूपमा संस्थागत गर्ने काम गरेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले जसले गर्दा आज पनि मनमोहन अधिकारीलाई देशभरिका ज्येष्ठ नागरिकले आफ्नो सच्चा मित्र र असल नेताका रूपमा सम्झन्छन् र सम्मान गर्ने बताइन ।

अधिकारीले लामो र कठोर सङ्घर्षको घडीमा मात्र जनताको पक्षमा आवाज उठाउने र लडेको तथा प्रधानमन्त्रीकारूपमा उच्च पदमा आसीन हुँदासमेत गाउँको विकास, असहाय, उपेक्षित र ज्येष्ठ नागरिकको सम्मान गर्न तथा मुलुकको अन्तर्राष्ट्रिय छवि उज्यालो बनाउन नेकपा ९एमाले०को नौ महिने सरकारको कुशलतापूर्वक नेतृत्व गरेको पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरिन ।

विसं २०५१ मा संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका मनमोहन अधिकारीको नेतृत्वको सरकारले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ र ‘ज्येष्ठ नागरिकका लागि वृद्धभत्ता’ जस्ता लोकप्रिय कार्यक्रम सञ्चालन गरेका थिए ।

सन् १९४२ मा वनारसमा अध्ययनरत छँदै भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागी भएर आफ्नो राजनीतिक जीवन सुरु गरेका मनमोहन अधिकारी नेपाल फर्किएपछि २००३ सालमा भएको विराटनगरको मजदुर आन्दोलनको नेतृत्व गर्दै नेपाली राजनीतिमा मनमोहन अधिकारी क्रियाशील भएका थिए ।

जहानियाँ राणाशासन तथा तानाशाही पञ्चायती व्यवस्थाको अन्त्य गरी प्रजातन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा सहभागी हुने सिलसिलामा उनले पटकपटक गरी झण्डै १४ वर्ष लामो जेल जीवन बिताएका थिए ।

सोही कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले प्रतिष्ठानले प्रकाशित गरेको पुस्तक ‘मनमोहन अधिकारीको जीवनगाथा’ विमोचन गरेकी थिइन । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीका विचार र योगदानलाई चिरस्थायी बनाउनका लागि पार्टीले नै प्रतिष्ठान गठन गरेको बताए ।

उनले नेपालमा कम्युनिष्ट पार्टीभन्दा पनि जेठो कम्युनिष्ट भनेर मनमोहन अधिकारीले चिन्ने गरेको उल्लेख गर्दै सादगीजीवन वाच्ने र विवादरहित व्यक्तिका रुपमा रहेको बताए । कम्युनिष्ट आन्दोलनमा लागेका विद्यार्थीले मनमोहनको सादगीबारेमा बुझ्नुपर्ने बताए ।

कार्यक्रममा एमाले उपाध्यक्ष युवराज ज्ञवाली, विष्णु पौडेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिव योगेश भट्टराई र पद्मा अर्याललगायत नेताले मनमोहन अधिकारीको सालिनमा माल्यापर्ण गरेका थिए ।

मनमोहन स्मृति प्रतिष्ठानले हरेक वर्ष ज्येष्ठ नागरिकका लागि देश-दर्शन कार्यक्रमको आयोजना गर्दै आएको छ । यस वर्षको ज्येष्ठ नागरिक देश दर्शनमा सहभागी भएका ज्येष्ठ नागरिकलाई पूर्वराष्ट्रपति भण्डारीले माला लगाएर बिदाइ गरिन । विसं १९७७ जेठ २८ गते जन्मिएका अधिकारी २०५६ वैशाख १३ आजैका दिन निधन भएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ४ : ११ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको