२८ बैशाख २०८३, सोमबार | May 11, 2026

कस्तो छ आजको मौसम ?



काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारण बदली तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा  आंशिक बदली रही देशको बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ |

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ । लुम्बिनी  प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ ।

त्यस्तै राती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।  गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ । लुम्बिनी  प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ७ : ०५ बजे

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

काठमाडौं । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका

टर्किस एयर विमान आगलागी : अन्तर्राष्ट्रिय उडान प्रभावित, ४ बच्चासहित २७७ यात्रु सबै सकुशल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा आगलागी भएपछि

इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरको जहाजमा आगो देखियो, सबै यात्रुको सकुसल उद्धार

काठमाडौं । टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको टर्किस एयरलाइन्सको

आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका