१८ माघ २०८२, आइतबार | February 2, 2026

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्दै बलात्कार गर्ने गुरुङ बुटवलबाट पक्राउ



बुटवल । दिदीको साइनो लगाएर सम्बन्ध बनाई अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्दै पटक-पटक करणी गर्ने एक जना बुटवलबाट पक्राउ परेका छन् । सुरुमा दिदीको नाता लगाएर सम्बन्ध बनाएपछि अश्लील भिडियो बनाएर ब्ल्याकमेलिङ गर्दै करणी गर्ने बुटवल उपमहानगरपालिका वडा नं १३ का ३६ वर्षीय सिद्धार्थ गुरुङलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।

एक महिलालाई जबर्जस्ती करणी गरेको कसुरमा गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । एकल महिलालाई ब्ल्याकमेल गरी जबरजस्ती करणी गरेको अभियोगमा बुटवलबाट गुरुङलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले बताए । गुरुङले लगातार धम्की दिएर ती महिलालाई करणी गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको उनले बताए ।

गुरुङले सुरु सुरुमा ती महिलालाई दिदी भनेर नाता लगाएको र पछि अश्लील भिडियो बनाएर पटक-पटक बलात्कार गरेको भन्दै ती महिलाले प्रहरीमा उजुरी गरेकी थिइन् । ती महिला र गुरुङ केही समय व्यापारिक साझेदार समेत रहेको अनुसधानमा खुलेको प्रहरीले जनाएको छ ।

गुरुङलाई जबर्जस्ती करणी अभियोगमा जिल्ला अदालतबाट म्याद थप गराई अनुसनधान भइरहेको डीएसपी भट्टले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ९ : ४६ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन