५ चैत्र २०८२, बिहिबार | March 19, 2026

राजमार्गचौराहा-चिडीयाखोला-सडक खण्डको ठेक्का खारेज, ठकेदार कम्पनीलाई कालोसूचीमा सिफारिस गरिँदै



बुटवल । लामो समयदेखि विबादमा रहँदै आएको बुटवल राजमार्ग चौराहा देखि चिडीयाखोलासम्मको सडकको ठेक्का लिएको ठेकेदार कम्पनीसँगको ठेक्का सडक डिभिजन कार्यालयले खारेज गरेको छ ।

पठक पठक ताकेता गर्दा र सो सडक निर्माण गर्ने ठेक्का पाएका ठेकेदार कम्पनी कञ्चनजंघा बिरुवा जे.भीका ठेकेदारलाई प्रशासनले पटक पटक लिखित सम्झौता गर्दा पनि कार्य सम्पन्न नगरेको भन्दै सडक डिभीजन कार्यालय बुटवलले ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ । ठेकेदार कम्पनीलाई कार्यालयबाट गत चैत्र २६ गते ठेक्का अन्त्य गर्ने आशयको पत्र पत्राचार गरिए‌कोमा निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको तथा सम्पन्न गर्ने सम्बन्धमा कारण र कार्य सम्पन्न गर्न स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धता सहित उपस्थित भै कार्य सुचारु गर्ने कम्पनीबाट तदारुकता नदेखाईएकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा (७) र (८) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ र ठेक्का सम्झौताको जिसीसी क्लजको ५७.२ को प्रावधान बमोजिम ठेक्का सम्झौता अन्त्य गरिएको डिभीजन कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।

‘यस पश्चात् सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ र ठेक्का सम्झौताको जिसीसी क्लज ५९ को प्रावधान बमोजिम कालो सूचीमा राख्न सिफारिस गरिने तथा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा ८ र ठेक्का सम्झौताको न्जिसीसी क्लज ६० को प्रावधान बमोजिम कार्य सम्पादन जमानत, धरौटी वापतको रकम र यस अधि पेश्की जफत नगरेको भए पेश्की रकम जफत गरिने छ,’ सूचनामा भनिएको छ, ‘सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ (८) बमोजिम बाँकी कार्य गर्न लाग्ने खर्च, त्रुटिपूर्ण कार्य सच्याउन लाग्ने खर्च, भुक्तानी भैसकेको तर बिग्रे भत्केको कारण पूनः निर्माण गर्नु पर्ने अवस्थाको परिमाण बापतको रकम, बनेको संरचना संरक्षण गर्न लाग्ने खर्च, पेश्की जफत भएको भए ब्याज १० प्रतिबत, अन्य आनुमानित खर्च आदि सरकारी बाँकी सरह असुल उपर गर्ने तर्फ कारवाही गरिने व्यहोरा जानकारी गराइन्छ।’

२०७३ साल चैत्रमा ठेक्का सम्झौता भएपनि स्थानीयको अवरोध र साईड खाली हुन नसकेको बहानामा काम नगरि बसेको कन्चनजंगा विरुवा जेभिले साईड खाली भएर पुनः शिलान्यास भएको ४ वर्ष बित्दा काम सम्पन्न नगरि झारा तार्दै बस्दै आएको थियो । चौराहा(चिडीयाखोला खण्डमा साबिक कालोपत्र माथि नै कालोपत्रे गरेर गुणस्तरहिन काम गर्दै आएको ठेकेदार कम्पनीले त्यस यता पनि धेरै पटक कम सम्झौता अनुसार गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आएका थिए ।

पटक पटक अदालती मुद्दाका कारण काम गर्न नपाएको भन्दै म्याद थपाउँदै आएको कन्चनजंगा जेभिले सोही सडक देखाएर करोडौंको निर्माण सामाग्री बेचेर करोडौं कमाएको स्रोतले दाबी गरेको छ ।

२०७७ माघ १४ गते तत्कालिन अर्थमन्त्री पौडेलले बुटवलको राजमार्ग चौराहामा शिलान्यास गर्दा समेत ठेकेदार सुवित श्रेष्ठले मञ्चबाट भाषण गर्दै सोही दिनबाट काम शुरु गर्ने र एक वर्षमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।

सडकको सबै प्रक्रिया पु¥याएर ठेक्का कायम राख्नुको औचित्य समाप्त भएपछि ठेक्का अन्त्य गरिएको सडक डिभीजन बुटवलका प्रमुख विसुनदास लामाले बताए । उनले ठेकेदारलाई आसय सहितको योजना प्रस्तुत गर्न पत्राचार गर्दापनि सम्पर्कमा नआएको र १, २ जना लेबर लगाएर काम गरे जस्तो पनि गर्ने र काम सम्पन्न नगर्ने गरेपछि ठेक्का अन्त्य गरिएको बताए ।

यो सडक निर्माणका लागि कन्चजंगा विरूवा जेभीले २०७३ चैत्र १७ ठेक्का पाएको थियो । बुटवल राजमार्ग चौराहदेखि गोलपार्कसम्म करिव ३ किलोमिटर लामो यो सडकको लागत अनुमान करिव ६० करोड रहेकोमा कञ्चनजंगा विरुवा जेभीले ४० करोड बढीमा ठेक्का कबुल गरेको थियो ।

 

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ४ : ५१ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर