२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट



बुटवल । मातातिर्थ औंशी का अवसरमा लुम्बिनी केबलकारले ६० वर्षमाथिका महिलालाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मातातिर्थ औंशी विशेषगरी आमाहरुको सम्मान गर्ने महत्वपूर्ण अवसर भएकाले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्पनीले बैशाख २६ गते एक दिनका लागि मात्र ६० वर्षमाथिका नारीहरुलाई केबलकार यात्रामा छुट दिने निर्णय गरेको केबलकारका व्यवस्थापक प्रज्ज्वल घिमिरेले जानकारी दिए ।

छुट अनुसार प्रति व्यक्ति ५ सय रुपैयामा केबलकारको दुईतर्फी यात्रा र बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्यादेवी तथा दुर्गा माताको मन्दिरमा दर्शन र पुजाआजा गर्न सकिने घिमिरेले बताए । केबलकारको साधारण टिकट दर एक हजार रुपैयां हो । यद्यपि कम्पनीले अर्को निर्णय नहुंदासम्मका लागि ७५० रुपैयां कायम गरेको छ ।

यो छुटको सदुपयोग गर्दै ६० वर्ष माथिका आफ्ना आमा, दिदी, बहिनीहरुलाई केबलकारको यात्रा गराउन कम्पनीले सबैमा आग्रह गरेको छ । गत वर्ष जेठ १५ गतेदेखि सञ्चालनमा आएको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।

हाल नेपालमा सञ्चालित ६ वटा मध्ये लुम्बिनी केबलकार दोस्रो लामो केबलकार हो । बुटवल बमघाटमा रहेको तल्ले स्टेशनबाट १२ मिनेटमा केबलकारको टप स्टेशन बसन्तपुर पुगिन्छ । बसन्तपुरमा तराईमा भन्दा करिब १० डिग्री सेल्सियस तापक्रम कम हुने हुंदा गर्मी सिजनमा शितल महसुस हुने कम्पनीका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ३ : २४ बजे

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३