१३ माघ २०८२, मंगलबार | January 27, 2026

अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू होराइजनलाई



बुटवल । बुटवलमा सम्पन्न भएको अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू होराइजन बोर्डिङ स्कुलले हात पारेको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा वेष्ट्रन क्रिकेट क्लबको आयोजनामा बिहीबार भएको फाईनल खेलमा र बुद्ध पब्लिक स्कुललाइ ३ बिकेटले पराजित गर्दै न्यू होराइजन बोर्डिङ स्कुलले उपाधी हात पारेको हो ।

प्रतियोगिताको उपाधी विजेताले नगद २१ हजार रुपैया, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ११ हजार रुपैया, ट्रफी, मेडल, प्रमाणपत्र तथा उत्कृष्ट खेलाडीहरुलाई समेत विधागत रुपमा नगद तथा मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिएको आयोजक क्लबका अध्यक्ष भुवन पाण्डेले जानकारी दिए ।

न्यू होराईजन स्कुलले स्टार क्रिकेट एकेडेमीलाई ५७ रन तथा बुद्ध पब्लिक स्कुलले आयोजक वेष्ट्रन क्रिकेट क्लबलाई सुपर ओभरमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका थिए ।

विजयी खेलाडीहरुलाई बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव सचिव प्रशान्त बिक्रम मल्ल, क्लबका अध्यक्ष भुवन पाण्डे लगायतले पुरस्कार वितरण गरेका सचिव बिष्णु पाण्डेले जानकारी दिए । सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलले खेलकुदको क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गरेको बताए ।

बुटवलबाट प्रतिनिधित्व गर्ने खेलाडी भनेको यहाको सेरोफेरोका धेरै जिल्लाको प्रतिनिधित्व गर्ने उनले बताए । विकासको मोडल खेलकुदलाई अघि बढाउन जरुरी रहेको उनले बताए । खेलकुद भनेको प्रतिस्प्रर्धाको विधा भएकोभन्दै यसबाट आम नागरिकको जिवनलाई सिकाईको रुपमा रहेको उनले बताए । खेलाडीहरुलाई प्रोत्साहन हुने गरि कार्यक्रम अघि बढाउने उनले बताए ।

प्रतियोगितामा रुपन्देही जिल्लाका विभिन्न क्लबका ८ टिमलाई दुई पोलमा राखेर खेलाईएको थियो । कार्यक्रमको सञ्चालन संचारकर्मी सुमन श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ७ : ११ बजे

अख्तियारद्वारा भरतपुरका तत्कालीन वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको सार्वजनिक अपिल

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य