३१ भदौ २०८३, बुधबार | September 16, 2026

नारायणी नदीमाथि बन्ने सिग्नेचर पुलको शिलन्यास



चितवन । चितवनको नारायणघाट र नवलपुरको गैंडाकोट जोड्ने नारायणी नदीमाथिको सिग्नेचर पुलको शिलन्यास भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट पूर्व-पश्चिम राजमार्गको नारायणी नदीमाथि बन्ने पुलको शिलन्यास गरेका हुन् ।

चार वर्षमा निर्माण सम्पन्न हुने यो पुलमा दुई वटा पिल्लर हुनेछन् भने नेपालकै अहिलेसम्मको आकर्षक पुल बन्नेछ ।

पुलको शिलन्यास गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

“सवारी चाप सम्बोधन हुनेछ, यसले सवारी समयको बचत हुनेछ । सबैभन्दा महत्त्वपूर्ण यसको निर्माणसँगै सडकको ‘कार्यक्षमता’ वृद्धि हुनेछ,” प्रधानमन्त्रीले भने, “यस परियोजनाको सम्बन्ध सडक पूर्वाधार र यातायातसँग मात्र सम्बन्धित नभएर पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्रको विकास एवं रोजगारी सिर्जनामा मद्दत पुग्नेछ ।”

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ११ : ११ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज