३ पुस २०८२, बिहिबार | December 18, 2025

बेलहियामा गोदाम बनाएर रुपन्देहीमा लागु औषध सप्लाई गर्ने महिला पक्राउ



बुटवल । रुपन्देही प्रहरीले रुपन्देहीको भैरहवामा लागु औषध सप्लाई गर्ने गोदाम पत्ता लगाउनुका साथै सप्लाईमा संलग्न एक महिलालाई नियन्त्रणमा लिएको छ । नेपाल भारत सीमा बेलहियाबाट पक्राउ परेकी महिलाको घरबाटै लागु औषध भण्डारण गर्ने र सप्लाई हुने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नं. १ बस्ने २६ वर्षिया मञ्जु गुप्ता रहेकी छन् । लागु औषधको कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा गुप्ता बस्दै आएको घर कोठामा पुगेको इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीको प्रहरी टोलीले गुप्ताको शरिर तथा उनी बस्दै आएकी घर कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा ठुलो परिमाणमा नेपालमा प्रतिबन्धित औषधी तथा चरेस फेला पारेको छ ।

प्रहरीले गुप्ताको घर कोठाबाट चरेस १ के.जि ७५० ग्राम, फेनारागन -१४१ एम्पुल, आईपीपीएल -१३६ एम्पुल, डाईजोपाम (सिरिजेक) -१४१ एम्पुल, स्पास्मो-१७० क्याप्सुल तथा कोरेक्स २ बोतल बरामद गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले बताए । पक्राउ परेकी गुप्ता माथि आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ

 

 

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ११ : १९ बजे

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको