२३ भदौ २०८३, मंगलबार | September 9, 2026

बेलहियामा गोदाम बनाएर रुपन्देहीमा लागु औषध सप्लाई गर्ने महिला पक्राउ



बुटवल । रुपन्देही प्रहरीले रुपन्देहीको भैरहवामा लागु औषध सप्लाई गर्ने गोदाम पत्ता लगाउनुका साथै सप्लाईमा संलग्न एक महिलालाई नियन्त्रणमा लिएको छ । नेपाल भारत सीमा बेलहियाबाट पक्राउ परेकी महिलाको घरबाटै लागु औषध भण्डारण गर्ने र सप्लाई हुने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नं. १ बस्ने २६ वर्षिया मञ्जु गुप्ता रहेकी छन् । लागु औषधको कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा गुप्ता बस्दै आएको घर कोठामा पुगेको इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीको प्रहरी टोलीले गुप्ताको शरिर तथा उनी बस्दै आएकी घर कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा ठुलो परिमाणमा नेपालमा प्रतिबन्धित औषधी तथा चरेस फेला पारेको छ ।

प्रहरीले गुप्ताको घर कोठाबाट चरेस १ के.जि ७५० ग्राम, फेनारागन -१४१ एम्पुल, आईपीपीएल -१३६ एम्पुल, डाईजोपाम (सिरिजेक) -१४१ एम्पुल, स्पास्मो-१७० क्याप्सुल तथा कोरेक्स २ बोतल बरामद गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले बताए । पक्राउ परेकी गुप्ता माथि आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ

 

 

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ११ : १९ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी