२० बैशाख २०८३, आइतबार | May 3, 2026

विद्यालय चिटिक्क पारेर मनाए मध्यबिन्दुको युवा संघका युवाले स्थापना दिवस



मध्यविन्दु । राष्ट्रिय युवा संघ नेपाल मध्यविन्दु नगर कमिटी नवलपरासीले रचनात्मक क्रियाकलापसहित आफ्नो ३५ औं स्थापना दिवस मनाएको छ । संघले स्थापना दिवसको अवसरमा मध्यविन्दु–१५ नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा रहेको ज्ञानोदय माविमा रङ्गरोगन गरिएको छ भने सोही बिद्यालयमा २५ हजारको अक्षयकोष पनि स्थापना गरिएको छ ।

संघले मगलबार आयोजना गरेको कार्यक्रममा शुभकामना दिँदै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य चन्द्रमणी खनालले युवाहरुलाई थप संगठित गरी रचनात्मक क्रियाकलापमा जोड्नुपर्ने सुझाव दिए ।

यसैगरी पूर्व सांसद तथा एमाले नेता जनकलाल श्रेष्ठ, एमाले प्रदेश कमिटी सदस्य भिमलाल श्रेष्ठ, नेता बाबुराम पाण्डेय लगायतले बोल्दै सिर्जनशिल र रचनात्मक क्रियाकलापले नै युवाहरुलाई संगठित गर्न सकिने उल्लेख गरे ।

कार्यक्रममा अध्यक्ष सागर पाठकले युवाहरुलाई राजनीतिक, सामाजिक तथा आर्थिक रुपले संगठित गर्न आवश्यक रहेको बताए । सोही उद्देश्य र योजना अनुसारनै संघले विभिन्न समयमा रचनात्मक क्रियाकलाप गर्दै आएको उनको दाबी थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ८ : १८ बजे

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको