२३ भदौ २०८३, मंगलबार | September 9, 2026

बुटवलका चोक चोकमा लुटपाट र चोरी गर्ने गिरोहका २ जना पक्राउ



बुटवल । बुटवल र त्यस आसपासमा चोक र गल्लीहरुमा लुटपाट र चोरी गर्ने गिरोहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाटो हिँड्ने बटुवा तथा महिलाहरुको घाँटीमा लगाएको सुनको गहना लुट्ने र चोरी गर्ने गिरोहका २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रूपन्देही बुटवल उप- महानगरपालिका वडा नं. ७ घर भई हाल वडा नं ११ देबीनगर बस्ने ४५ वर्षिय कबिराज खड्का र बुटवल उप- महानगरपालिका वडा नं. २ का ४२ वर्षिय सुरेन्द्र अमात्य रहेका छन् ।

जिल्लाको बुटवल लगाएत अन्य ठाउहरुमा बाटोमा हिन्ने व्यक्तिहरुको घाँटीमा लगाएको सुनका गह्र गहना लुटि लाने कार्य गर्दै फरार हुने गरेको सुचना सम्बन्धमा प्रहरीको सुक्ष्म अनुसन्धानबाट पिछा गर्ने जाने क्रममा बुटवल उप- महानगरपालिका वडा नं. १० कालिका चोकबाट लुटपाटमा संलग्न खड्का र सुरेन्द्र अमात्यलाई दसी सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्मुख डीएसपी विजयराज पण्डीतले बताए ।

पक्राउ परेका दुबैजनालाई गरी चोरी कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ६ : ०८ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी