२७ बैशाख २०८३, आइतबार | May 10, 2026

आजको मौसम : कोशी, गण्डकी र कर्णालीमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना



काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ७ : ५२ बजे

धनुषामा यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते

काठमाडौं । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बस धनुषामा दुर्घटना

पारिस्थितिकी र अर्थतन्त्र प्रतिद्वन्द्वी होइनन्, सहयात्री हुन्

आधुनिक इतिहासको अधिकांश समयसम्म विश्व एउटा यस्तो विश्वासमा चल्यो कि

बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काठमाडौं । यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण

रास्वपाको सचिवालय बैठक आज, अधिवेशन तालिकादेखि अनुशासनात्मक कारबाहीसम्म छलफल हुने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली