२७ बैशाख २०८३, आइतबार | May 10, 2026

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे



काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने बताएका छन ।

नेपाल पत्रकार महासङ्घ, प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा आज यहाँ आयोजित कार्यक्रममा सभामुख घिमिरेले सदन सञ्चालनका लागि सबैको साथ आवश्यक रहेको बताए । उनले सरकारको नीति तथा कार्यक्रम र बजेट पारितका साथै महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने दायित्व भएको चालु अधिवेशन निर्बाधरुपमा सञ्चालन हुनुपर्नेमा जोड दिए । “नीति तथा कार्यक्रम र बजेट संसद्बाट पारित हुन सक्ने वातावरण नभएमा अध्यादेशको बाटोबाट जानुपर्ने हुन्छ । यस्तो स्थिति आएमा लोकतन्त्रको मार्ग बलियो हुन सक्दैन”, सभामुख घिमिरेले भने, “प्रधानमन्त्रीले विश्वासको मतका लागि समय मागिसक्नुभएको छ । यस्तो अवस्थामा सदन चल्ने वातावरण सृजनाका लागि सबै दल र स्वतन्त्रताका क्षेत्रमा काम गर्ने पत्रकारिताजगत्ले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।”

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै सदन अवरोध गर्दै आएको छ । उनले समानुपातिक प्रणालीकाका कारण कुनै पनि दलको बहुमत आउन नसक्ने अवस्थाबीच राजनीतिक स्थायित्व र समृद्धिका लागि पत्रकारलाई कलम चलाउन सुझाव दिए ।

नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चारमन्त्री मीनेन्द्र रिजालले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले जनताबाट निर्वाचितहरुले आफूले जे गरे पनि हुन्छ भन्ने दम्भ र निरङ्कुश भावनाले काम गरेमा लोकतन्त्रमा आघात पर्ने विश्व परिवेशका सन्दर्भ उल्लेख गर्दै व्यक्तिगत स्वतन्त्रलाई सम्मान गर्न नसकिए लोकतन्त्र सबल नहुने स्पष्ट गरे । उनले मुलुकको विद्यमान अवस्थामा तात्विक सुधार नहुने हो भने नेपालको संविधान जोखिममा पर्न सक्नेतर्फ पत्रकारिताजगत् सचेत हुनुपर्ने बताए ।

महासङ्घका पूर्वसभापतिहरु, वर्तमान सभापति विपुल पोखरेल र उक्त प्रदेश कमिटीका प्रथम अध्यक्ष शेखर अधिकारीलाई सम्मान गरिएको थियो । पत्रकारिताको सामयिक विमर्शका क्रममा वरिष्ठ पत्रकारहरु प्राध्यापक रामकृष्ण रेग्मी र युवराज घिमिरेले विचार प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ३ : ०७ बजे

बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काठमाडौं । यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण

रास्वपाको सचिवालय बैठक आज, अधिवेशन तालिकादेखि अनुशासनात्मक कारबाहीसम्म छलफल हुने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-६ स्थित वभनगामा टोलमा गएराति

मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण

मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार