६ श्रावण २०८३, बुधबार | July 22, 2026

प्रदेश प्रमुख शेरचनद्धारा बुद्ध जयन्ती र उभौली पर्वको शुभकामना



बुटवल । लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सत्ता प्राप्तिको लागि विभिन्न हिंसात्मक घटनाका दृष्टान्तहरू देखिएको विश्व राजनितीको इतिहासमा आफ्नै सिंहासन त्याग गरी दृढ संकल्पका साथ जनताको माझमा पुग्ने विश्वका एक मात्र पहिलो मानव गौतम बुद्धभएको बताएका छन ।

२५६८ औं बुद्ध जयन्तीको अबसरमा शुभकामना व्यक्त गर्दै मानवीय हित, समानता, कल्याण र शान्ति प्राप्तिको दार्शनिक अध्ययन, अनुसन्धान गर्न राज दरवार र सिंहासन त्यागगरी पैदल यात्रा गर्दै गाँउ गाँउ, बस्ती(बस्ती पुग्ने महामानव नेपाली हुनुले हामी नेपालीको गौरवतालाई उँचो बनाएको उल्लेख गरेका छन् ।

बुद्धले मानव जगतलाई एक सुन्दर, अनुशासित, समानता, अहिंसा, शान्ति,सम्मानमा आधारित समाज बनाउने सन्देश दिनु भएको उल्लेख गर्दै जीवनलाई प्रगतिशील कार्यमा लगाउनु र समाजलाई सामाजिक न्याय तर्फ रूपान्तरण गर्नु भन्ने बुद्धको मुल सन्देश भएको स्पष्ट पारेका छन् । बुद्धको सन्देश आज विश्वका सबै मानवका लागि उपयोगी रहेको सन्देशमा लेखेका छन् । विश्वभरि देखिएका विभिन्न हत्या , हिंसा, घृणा, दमनका रूपहरूको निरूपणमा बुद्धको सन्देश अति सान्दर्भिक रहेको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रदेश प्रमुख शेरचनले बुद्धजयन्तीसँगै उभौली पर्वको अबसरमा पनि शुभकामना सन्देश मार्फत बौद्ध दर्शनका प्रणेता, विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतम बुद्धको २५६८ औं बौद्ध जयन्ती र किराँत समुदायको उभौली पर्व (२०८१) को पावन अवसरमा सम्पूर्ण देश विदेशमा रहनुहुने दिदीबहिनी, दाजुभाईहरूमा शुभकामना ब्यक्त गरेका छन ।

किराँत समुदायले मनाउँदै आएको उभौली पर्वले आफनै मौलिक संस्कृतिको जगेर्ना गर्दै सबैलाई सामाजिक सद्भाव र मेलमिलापको सन्देश दिएको शेरचनले जनाएका छन्। नेपालीहरूको एकतामा उर्जा थप्न र सामाजिक बन्धुत्वको अभिवृद्धि गर्न यी पर्वहरू अपरिहार्य रहेको उनको भनाई छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ८ : ३३ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज